युनाइटेड कलेजमा युसीइआईआईको उद्घाटन समारोह

0
Shares

युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा  युसीइआईआई उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन गरेर आफ्नो स्थापनामा अर्को अपरिहार्य घटक थपेको छ ।

सफल नतिजा सहित २५ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गरेपछि युनाइटेड कलेज अहिले नेपालको शीर्ष प्रतिष्ठित कलेजमध्येको एक बनेको छ । १९९७ मा यसको स्थापना भएदेखि, युनाइटेड एकेडेमीले ३० हजार भन्दा बढी दक्ष जनशक्ति सिर्जना गर्न सक्षम भएको छ ।

शैक्षिक समूहका सल्लाहकार डा.कविराज वान्तवाले विश्वव्यापी नेटवर्क, विशिष्ट श्रोत र दुई दशकभन्दा बढीको व्यापक ज्ञान र विशेषज्ञताले युसीइआईआईमा हाम्रो बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गरेर सफल उद्यमहरु सिर्जना गर्न सक्षम हुनेमा विश्वस्त हुने बताए ।

कार्यक्रमको सुरुवातमा युनाइटेड कलेजका प्रिन्सिपल डा. लाल रापचाले उद्यमशीलताको महत्व र युसीइआईआईको दीर्घकालीन दृष्टिकोणका बारेमा बोल्दै आदरणीय अतिथिहरु र दर्शकहरुलाई स्वागत गरे । त्यसपछि नेशनल इनोभेसन सेन्टरका महावीर पुनले कलेजमा रहँदा आफ्नै उद्यमशीलता यात्रामा लाग्नुको महत्वका बारेमा बताउँदै विद्यार्थीहरुलाई उद्यमशीलता र नवप्रवर्तनको सन्दर्भमा केही सुझाव पनि दिए ।

कार्यक्रमका प्रमुख अतिथि स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले नेपालमा इन्क्युबेशनको वर्तमान अवस्था र स्टार्टअपमा इन्क्युबेशन सेन्टरको मुख्य भूमिकाबारे सम्बोधन गर्नुभयो । यहाँले नेपालमा चुनौती छ र चुनौतीपूर्ण अवस्थामा अवसर पनि छ । युसीइआईआई जस्ता इन्क्युबेशन केन्द्रहरुले विद्यार्थीहरुलाई यो चुनौतीहरुको समाधान खोज्नको लागि सही प्लेटफर्म उपलब्ध गराउँछन भन्ने कुराको जानकारी गराए ।

त्यसपछि युसीइआईआईका प्रमुख डा. दीपेन्द्र शाहले नयाँ स्थापना गरिएको इन्क्युबेशन सेन्टरको स्कोपको आधारशीला राख्दै युसीइआईआईले राष्ट्रिय अग्रणी नवप्रवर्तन थिंक – ट्याङ्क र अनुसन्धान केन्द्र बन्ने लक्ष्य राखेको छ भन्ने कुरा थपे । पूर्व छात्रा नग्मा श्रेष्ठले मिस युनिभर्स फ्रान्चाइजको आफ्नै उद्यमशील यात्रा र आफ्नो व्यक्तित्व निर्माणमा युनाइटेड एकेडेमीले कसरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने बारेमा कुरा गरेपछि उनले समग्र करियर, धैर्य, लगनशीलता, निरन्तरता र जोशको अभ्यास गर्छु र आजका उद्यमीहरुलाई पनि त्यसै गर्न प्रोत्साहन गर्छु ।

नेपालमा उद्यमशीलताका चुनौती र अवसरका बारेमा छलफल भएको यस कार्यक्रममा क्षितिज (निर्देशक, एक्ट ३६० ), विभूषण विष्ट ( सि.ई.ओ., यंग इनोभेशन प्रा.लि. का ) कर्विका थापा (सस्ंथापक तथा सि.ई.ओ., किम्बु टेक) शान्ति राई (निर्देशक, एभरेष्ट, पी.सी.एल.) सुदेन श्रेष्ठ (प्रबन्ध निर्देशक , चण्डिका प्रिन्ट प्याक), आशाराम तण्डुकार (कार्यकारी निर्देशक, युसु इन्टरनेशनल प्र.लि.), बबिता गुरुङ (संयोजक, दन्त स्वास्थ्य) लगायतको सहभागिता रहेको थियो ।

‘यदि तपाई उद्यमशीलतामा हाम फाल्ने प्रयास गर्दै हुनुहुन्छ भने, तपाइँ म असफल हुन सक्छु भन्ने कुरा मानसिक रुपमा तयार हुनुहोस्’ प्यानलका एकजना सदस्य यंग इनोभेसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत विभसुआन विष्टले भने । डा.कविराज वान्तवले कार्यक्रमले समृद्ध नेपाल निर्माणको लागि उद्यमशीलता र व्यावसायिक आविष्कारको महत्वमा मन्तब्य दिएका थिए ।

कार्यक्रममा डा. छिरिङ लामा, डा. महावीर पुन, आशाराम तण्डुकार, विभुषण विष्ट, क्षितिज तामाङ, कर्विका थापा, नग्मा श्रेष्ठ, शान्ति राई, सुदेन श्रेष्ठ र बबिता गुरुङ जस्ता प्रतिष्ठित उद्यमी, आविष्कारकर्ता र व्यापार व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।