आईफोन प्रयोगकर्ताले पनि मेरो सेयरको एप डाउनलोड गर्न सक्ने


मेरो सेयरको मोबाइल एप अब आईफोनका प्रयोगकर्ताले पनि डाउनलोड गर्न सक्ने भएका छन् ।

यस अघि एण्ड्रोइड मोबाइलमा मात्र चलाउन सकिने गरी गुगल प्लेमा मेरो सेयर राखिएको थियो ।

सोमबारदेखि एप्पलको एप स्टोरमा पनि एप लञ्च गरिएको केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) जनाएको छ ।

आईओएस अपरेटिङ सिस्टमलाई लक्षित गरी लञ्च गरिएको एप डाउनलोड गर्दा सेलर विबरणमा सिडएस एण्ड क्लियरिङ लेखिएको छनौट गर्न सिडिएससीले अनुरोध गरेको छ ।

आइओएस १२.३ वा सोभन्दा पछिल्ला संस्करणका आइफोन तथा आइपोड टचमा मात्र मेरो सेयर डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । साथै म्याक ओएस ११ वा सोभन्दा पछिल्ला संस्करणका म्याकबुकमा एप चलाउन सकिनेछ ।

आइफोन प्रयोगकर्ताले यो लिंकबाट सिधै मेरो सेयर एप डाउनलोड गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।