मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर”, खाता खोल्दा एक लाखसम्मको बीमा

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्नुहुने नारीहरुले १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा पाउनेछन ।

त्यस्तै नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र भदौ महिनाभरी ट्रयानक्युलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट प्रदान गर्ने जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।