साउन महिनामा साढे ४ अर्बको सवारी साधन भित्रियो


चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार २०७९ को साउन महिनामा ४ अर्ब ६४ करोड १८ लाख २४ हजार रुपैयाँको सवारी साधन आयात भएको हो ।

बिदेशी मुद्रा सञ्चिीती सन्तुलनका लागि नीजि प्रयोगका साना तथा मझौला सवारी साधनको आयातमा प्रतिबन्ध लगाएका बेला उल्लेखित रकमको सवारी साधन आयात भएको हो ।

विभागका अनुसार उल्लेखित रकममा सवारी साधनका साथै तिनका कलपुर्जाहरु समेत आयात भएको हो ।

याे शीर्षकमा साउन महिनामा नेपालबाट ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ । उल्लेखित तथ्यांकका आधारमा सवारी साधनको आयातमा नेपाललाई ४ अर्ब ६४ करोड १७ लाख ५४ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

सवारी साधनको आयातबाट ३ अर्ब ६७ करोड ८१ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत वर्षको साउन महिनामा १० अर्ब १४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको सवारी साधन तथा कलपुर्जा आयात भएको थियो । उक्त महिनामा सरकारले ९ अर्ब ४७ करोड २३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।