सनराइज बैंकद्वारा वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रली र ह्वील चियर हस्तान्तरण

0
Shares

सनराइज बैंक (SRBL) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ ।

बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन् ।

सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

बैंकले हरेक बर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ।

गत वर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।