रिलायबल नेपाल लाइफले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने

0
Shares

रिलायबल नेपाल लाइफले आफ्नो पोलेसी होल्डरहरुलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको आधारमा बीमा समितिबाट स्वीकृति गराएर रिलायबलले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जसअनुसार सो कम्पनीमा बीमा गरेका बीमितले अधिकतम प्रतिवर्ष प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

अघिल्लो आवको तुलनामा कम्पनीले आव २०७७/७८ मा धेरैजसो प्रडक्टको बोनसदर बढाएको छ । जसमा सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमालेखको बोनसदर वृद्धि उच्च छ ।

यस्तो छ रिलायबल नेपाल लाइफको बोनसदरः

१. रिलायबल सावधिक जीवन बीमा

क) ५ वर्षदेखि ९ वर्ष अवधिसम्मः प्रति हजार ५० रुपैयाँ
ख) १० देखि १४ वर्ष अवधिसम्मः प्रति हजार ५५ रुपैयाँ
ग) १५ देखि १९ वर्ष अवधिसम्मः प्रति हजार ६२ रुपैयाँ
घ) २० वर्ष वा सोभन्दा माथि अवधिको लागिः प्रति हजार ७५ रुपैयाँ

२. रिलायबल सावधिक जीवन बीमालेख

रिलायबल लघु सावधिक जीवन बीमालेखको योजना अन्तर्गत सबै बीमा अवधिको लागि समान ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

३. रिलायबल सजिलो जीवन बीमालेख

रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सीमित अवधि भुक्तानी) मा योजना अन्तर्गत सबै बीमा अवधिको लागि समान २५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

४. रिलायबल सुलभ जीवन बीमालेख

क) ५ वर्षदेखि ९ वर्ष अवधिसम्मः प्रति हजार २४ रुपैयाँ
ख) १० देखि १४ वर्ष अवधिसम्मः प्रति हजार २८ रुपैयाँ
ग) १५ देखि १९ वर्ष अवधिसम्मः प्रति हजार ३२ रुपैयाँ
घ) २० वर्ष वा सोभन्दा माथि अवधिको लागिः प्रति हजार ४० रुपैयाँ

५. रिलायबल उच्च शिक्षा योजनाः (बालबच्चाको सावधिक बीमालेख)

क) ५ वर्षदेखि १४ वर्ष अवधिसम्मः प्रति हजार ६० रुपैयाँ
ख)१५ देखि १९ वर्ष अवधिसम्मः प्रति हजार ६५ रुपैयाँ
ग) २० वर्ष वा सोभन्दा माथि अवधिको लागिः प्रति हजार ६५ रुपैयाँ

६. सावधिक तथा आजिवन बीमालेख

क) ५ वर्षदेखि ९ वर्ष अवधिसम्मः प्रति हजार ३० रुपैयाँ
ख) १० देखि १४ वर्ष अवधिसम्मः प्रति हजार ३५ रुपैयाँ
ग) १५ देखि १९ वर्ष अवधिसम्मः प्रति हजार ४० रुपैयाँ
घ) २० वर्ष वा सोभन्दा माथि अवधिको लागिः प्रति हजार ४५ रुपैयाँ

७. रिलायबल समुन्नती जीवन बीमा

रिलायबल समुन्नती जीवन बीमालेखका सबै अवधिका योजनामा समान २० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

८. रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना

क) १०, १२ र १४ वर्ष अवधिसम्मः प्रति हजार ५० रुपैयाँ
ख) १६, १८ र २० वर्ष अवधिसम्मः प्रति हजार ५५ रुपैयाँ

उल्लेखित अवधिको लागि उपरोक्त अनुसारको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने रिलायबल लाइफले जनाएको छ । साथै बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत नभए सम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत सोही अनुसारको बोनस दर कायम गरिने कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।