पिपुल्स पावरका ८० हजार आवेदकलाई सेयर बाँडफाँडमा किन समेटिएन ?


कम्पनीहरुको साधारण सेयर निष्काशनका क्रममा बैंक खातामा पर्याप्त रकम मौज्दात नभई आवेदन गर्नेहरु धेरै हुन थालेका छन् ।

अझ पछिल्ला दिनहरुमा छोटो समयको अन्तरालमा प्राथमिक निष्काशनहरु भईरहेकाले आवेदकहरु मेरो सेयरबाट आवेदन गर्ने तर बैंक खातामा रकम भए नभएको जाँच्ने गर्दैनन् । जसका कारण उनीहरुको तथ्यांक सेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्म पुग्नै पाउँदैन, अर्थात बैंक वित्तीय संस्थाले आवेदन रद्ध गराउँछन् ।

आइतबार सेयर बाँडफाँड भएको पिपुल्स पावरको सेयरमा पनि बैंक खातामा पर्याप्त मौज्दात नराखी आवेदन गर्नेहरुको संख्या धेरै देखिएको छ ।

कम्पनीको सेयरमा आवेदन गर्नेहरु मध्येबाट विभिन्न कारणले ७९ हजार ६२५ हजार २३३ जनालाई बाँडफाँड प्रकृयामा सहभागि नगराइएको हो ।

कुल १६ लाख ३१ हजार ३८ जनाले आवेदन दिएकोमा सिआस्वा सदस्यहरुले बैंक खातामा पर्याप्त रकम मौज्दात नभएकाले ७४ हजार ५१३ वटा आवेदन अस्वीकार गरेका छन् ।

त्यसैगरी १ हजार ६०८ जनाले दोहोरो आवेदन गरेका कारण उनीहरुलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइएको हो ।

त्यसैगरी आयोजना प्रभावितहरुका लागि निष्काशन भएको सेयरमा आवेदन दिएका ३ हजार ५०४ आवेदकले पनि दोहोर्याएर आवेदन दिएकाले बाँडफाँड प्रकृयामा सहभागि नगराइएको हो ।

बाँडफाँड प्रकृयामा सहभागि नगराइएका सबै आवेदकले १५ लाख ५८ हजार ८० कित्ता सेयर माग गरेका थिए । जसमा सिआस्बा सदस्यबाट रद्ध भएका आवेदकले १४ लाख ९८ हजार ८० कित्ता, दोहोरो आवेदन दिएकाहरुले १८ हजार ५०० र दोहोरो आवेदन दिने स्थानीयले ४१ हजार ५०० कित्ता सेयर माग गरेका थिए ।

पिपुल्स पावरको आईपीओ बाँडफाँड, २ लाख २९ हजार ४६८ भाग्यशालीले हात पारे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।