ग्लोबल आइएमई बैंकको तीज अफर, क्युआरबाट भुक्तानी गरे २०% सम्म क्यासब्याक

0
Shares

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।

क्यासब्याक योजना अन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म) एक पटक क्यासब्याक पाइनेछ।

बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो। बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।

बैंकको देशैभरी ७७ जिल्लामा २८९ शाखा रहेको छ। बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।