कामना सेवा र हिबाची प्लेस बीच छुट सम्झौता

0
Shares

कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिनेबैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।