काँग्रेस महामन्त्री गगन थापा भन्छन् “प्रकाश’ को कथा सशक्त छ’


नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै सशक्त रहेको बताएका छन् ।

आइतबार नाइट शोमा चलचित्र हेरेका थापाले ‘प्रकाश’ ले धेरै कुराहरु भनेको छ भन्दै आफुलाई बेपत्ता परिवारको कथा निकै सशक्त लागेको जनाए ।

जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो चलचित्रले अन्तै बसेर जुम्ला देखाउन सक्षम रहेको उनको भनाई छ ।

यतिबेला संसदमा द्वन्द्वमा बेपत्ता नागरिकका सन्दर्भमा बिद्येयक बनिरहेको भन्दै थापाले यही सन्दर्भमा ‘प्रकाश’ हेर्दा बेपत्ता नागरिकको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाएको उनको भनाई थियो ।

“बिधेयक माथी छलफल हुँदै गर्दा हामीले वेपत्ता नागरिकका मुद्धालाई सामान्य रुपमा लिँदै आएका छौं,” थापाले भने, “यति हजार मान्छे मरे, यति बेपत्ता भए भनेर समान्यिकरण गर्दै गर्दा ति प्रत्येक वेपत्ता वा मृत्तक प्रत्येकसँग एउटा कथा जोडिएको छ, परिवार जोडिएको छ, समाज जोडिएको छ । ‘प्रकाश’ ले आफुलाई त्यसतर्फ झकझकाएको छ ।”

चलचित्रले बर्गीय विभेद सहित अन्य धेरैकुराहरु पनि शशक्त ढंगले देखाएको भन्दै थापाले सबै नेपालीलाई चलचित्र हेर्न आग्रह गरे ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको पृष्ठभूमिमा कथा भनेको छ ।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, धनराज सुनार लगायतका कलाकारको अभिनय रहेको छ ।

महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।