सनराइज बैंकको थप चार शाखारहित बैंकिङ्ग सेवा विस्तार

0
Shares

सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ्ग सेवा कल्याणपुर नगरपालिका वडा नं.-३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.–१०, दुधिअवामा विस्तार गरेको हो ।

यसैगरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । साथै शुक्रबार भाद्र १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६, शरणामतीमा ९५ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,९५ वटा शाखा रहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।