तीन हजार बढी सवारी चालक कारबाहीमा

0
Shares

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा २ हजार २१३ चालक रहेका छन् ।

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन सबैलाई आह्वान समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।