एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड


विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई जनवरी–जुन २०२२ को लागि यो सम्मान प्रदान गरिएको होे ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्धारण गरिएको हो ।

ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध ग्राहकले गरेका १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनी पहिचान गरिएका डिभाइसहरूमा लिइएका सबै सेलुलर परिक्षणहरू समावेश छन् ।

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हामी हर्षित छौं ।”

एनसेलले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ । देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच पुर्याएको एनसेलले सेवालाई ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।