समृद्धि फाइनान्सले पनि पायो बजार निर्माताको इजाजत

0
Shares

समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ ।

फाइनान्सले इजाजत पाएसँगै नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार तथा बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्न पाउनेछ ।

नेपाल राष्ट्र बैंकले “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई इजाजत प्रदान गरेको हो ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।