सिबिआईएल क्यापिटलले सुरु गर्यो पीएमएफ सेवा


सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा (पीएमएस) सेवा अन्तरगत नयाँ योजना सुरु गरेको छ ।

क्यापिटलले सिबिआईएल पार्टफोलियो अफ म्युचुअल फण्ड (पीएमएफ) सेवा सुरु गरेको हो ।

नयाँ अवधारण अनुसार सुरु गरिएको योजनामा लगानीकर्ताले भिन्न किसिमको लगानीको अनुभव पाउनुका साथै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको क्यापिटलले जनाएको छ ।

न्युनतम ३ लाख रुपैयाँको लगानी, कम्तीमा २ वर्ष अवधिका लागि व्यवस्थापन गर्दा ०.५ प्रतिशत सेवा शुल्क लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित योजनामा अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने तथा त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन पाउने र सामुहिक लगानी कोष तथा प्राथमिक निष्काशनमा लगानी गरिने क्यापिटलले जनाएको छ ।

सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार गरी लगानी गरिने क्यापिटलले जनाएको छ ।

सेवा लिन चाहनेले डिल्लीबजारस्थित बाटुलेघरमा रहेको क्यापिटलको कार्यालय तथा सोही भवनमा रहेको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।