नबिल बैंकले एकै पटक पायो दुई अवार्ड

0
Shares

नबिल बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ।

बैंक डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको बताइएको छ।

भिसा इन्टेरनेशनलले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरूको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए।

‘बैंक जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ’, उनले भने।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।