एनसेल विरुद्ध ‘एक्सन’ मा बालेन


पछिल्लो समय काठमाण्डौं उपत्यकामा नियम विपरित बनेका संरचना भत्काउने अभियानलाई तीब्र बनाएको काठमाण्डौं महानगरपालिकाले दूर-सञ्चार सेवा प्रदायक एनसेल माथि पनि ‘एक्सन’ लिएको छ ।

महानगरले लैनचौरस्थित एनसेलको कर्पोरेट टावरसँगैको पार्कमा गरिएको ब्राण्ड झल्किने रङ्ग रोकन मेटाएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत एनसेलले उक्त पार्कको संरक्षण तथा रेखदेख गर्दै आएको थियो । यस क्रममा पार्कको वरिपरि एनसेलले आफ्नो ब्राण्ड झल्किने पर्पल रङ लगाएको थियो ।

महानगरले सामाजिक उत्तरदायित्व अन्तरगत ब्राण्ड प्रवर्द्धन गर्न नपाइने भन्दै उक्त पार्कमा एनसेलले लगाएको ब्राण्ड झल्किने रङ मेटाएको हो । महानगरले पार्कको सबैतिरको पर्खाल तथा बारमा लगाइएको ब्राण्ड झल्किने रङ्ग मेटेर बारमा हरियो रङ लगाएको छ ।

सार्वजनिक पार्कमा सामाजिक उत्तरदायित्वका नाममा ब्राण्ड प्रवर्द्धन गरिएकाले रङ्ग परिवर्तन गरिएको महानगरले जनाएको छ । पार्कभित्र रहेका संरचनामा लगाइएका रङ्ग पनि मेटाएर अरु रङ्ग लगाइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।