नबिल बैंक र दराजबीच छुट सम्झौता


नबिल बैंक र दराज बीच “दराज दशैं धमाका” महोत्सवमा सेवाग्राहीलाई छुट दिने सम्झौता भएको छ ।

नजिकिदैं गरेको दशैंलाई ध्यानमा राखी भदौ २९ गतेदेखि दराजमा किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५०० सम्मको छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छुट पाउनका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ ।

दराज दशैं धमाका २०७९ का लागि नबिल बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।