१९ लाखले आवेदन दिएको श्रृजनशील लघुवित्तको आईपीओ ३६ हजारले मात्र पाउने


श्रृजनशील लघुवित्तको साधारण सेयरमा १९ लाख ५ हजार १८६ वटा आवेदन परेको छ । सेयर निष्काशन बन्द भए पछि केन्द्रय निक्षेप प्रणालीले उपलब्ध गराएको तथ्यांक अनुसार उल्लेखित संख्यामा आवेदन परेको हो ।

कम्पनीले सामुहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

आवेदक र निष्काशित सेयरको तथ्यांकले लघुवित्तको सेयर नपाउने आवेदकको संख्या १८ लाख ६८ हजार ३२७ हुनेछ । ३६ हजार ८५९ आवेदकले मात्र १० कित्ताका दरले लघुवित्तको सेयर पाउने छन् । रद्ध हुने आवेदनको संख्या यकिन भए पछि मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागी गराउने आवेदकको संख्या निश्चित हुनेछ ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने सेयर जारी गरेको हो । चुक्ता पूँजी ७ करोड रुपैयाँ लघुवित्तको आईपीओ बाँडफाँडपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तले आईपीओ निष्काशन प्रयोजनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तको सेयरलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ दिएको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।