खप्तड लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुँदै, १८ लाख ३७ हजार आवेदकको हात खाली


खप्तड लघुवित्तको साधारण सेयर सोमबार बाँडफाँड हुने भएको छ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कमलादीस्थित क्यापिटलको कार्यालयमा सोमबार बिहान सेयर बाँडफाँ हुने भएको हो ।

सामुहिक लगानी कोष र कर्मचारीको आरक्षित सेयर छुट्याएर १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । उक्त सेयर १० कित्ताका दरले वितरण गर्दा १२ हजार ३४० जनाले मात्र पाउछन् ।

साधारण सेयरमा १८ लाख ५० हजार १३२ वटा आवेदन परेका थिए । यस आधारमा लघुवित्तको सेयर १८ लाख ३७ हजार ७९२ आवेदकले पाउने छैनन् ।

लघुवित्तले निष्काशन गरेको कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

हाल चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि ४ करोड रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।