हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य


पर्वतारोही पूर्णिमा श्रेष्ठको आगामी मनास्लु हिमाल आरोहणमा लाई नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गर्ने भएको छ ।

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । फोटो पत्रकार श्रेष्ठले सगरमाथा सहित नेपालको ८ हजार मीटर भन्दा माथि उचाईका ७ वटा हिमालहरु आरोहण गरिसकेकी छन् ।

बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जान लागेकी श्रेष्ठको साहसिक कामको प्रशंशा गर्दै सहकार्यकार्य गरिएको नेपाल लाइपले जनाएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।