जलवायू परिवर्तनका प्रभाव न्यूनिकरण गर्न युद्धस्तरमा काम गरिरहेका छौंः वनमन्त्री यादव

0
Shares

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।

काठमाडौँमा मङ्गलबार आयोजित क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्कको प्रथम भेलको उद्घाटन स्तरलाई सम्बोधन गर्नुहुँदै वनमन्त्री यादवले आफू मन्त्री नियूक्त भएपश्चात जलवायू परिवर्तन र ग्रिन हाउस ग्याँस उत्सर्जनको प्रभावलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन र निर्यणहरु गरेर युद्धस्तरमा काम अगाडि बढाएको जानकारी गराए ।

पछिल्लो समय नेपाल जस्तै पर्वतीय मूलकमा देखिएको जलवायू परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालमा सङ्कटकाल घोषणा गर्ने बारे आफूले गृहकार्यसमेत सुरु गरिसकेको बताए ।

कार्यक्रममा जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न मन्त्रालयले गरिरहेको अन्य कामका बारेमा समेत जानकारी दिँदै भने, “नेपालले जलवायू परिवर्तन सम्बन्धी संयूक्त राष्ट्र सङ्घीय प्रारूप महासन्धि, क्योटो अभिसन्धि र पेरिस सम्झौताको पक्ष राष्ट्र हो । नेपालले जलवायू परिवर्तन व्यवस्थापनलाई मूख्य प्राथनिकतामा राखेको छ,” उनले भने, “जलवायू परिवर्तन सम्बन्धी नीति, रणनीत, कानून, नियम, योजना बनेका छन् । राष्ट्रिय जलवायू परिवर्तन नीति २०७६ तर्जुमा भइ कार्यन्वयनमा रहेको छ ।”

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालले सन् २०४५ मा हरित गृह ग्याँसहरुको कूल उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको जानकारी गराउँदै त्यसका निमित्त आवश्यक काम पनि अगाडि बढेको जानकारी गराए । मन्त्री यादवले नेपालका महत्वकांक्षी प्रतिबद्धता र कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रलाई राष्ट्रिय र अन्तरराष्ट्रिय सहयोगको आवश्यकता औंल्याए ।

सोही कार्यक्रममा उनले जलवायू परिवर्तनको समस्यालाई समाधान गर्न सबै राष्ट्र एकजुट भएएर विभिन्न प्रतिबद्धताहरु जनाएपनि प्रतिबद्धता अनुसार काम गर्न नसकेकोमा दुखेसो पोखे । “जलवायू परिवर्तनको समस्यालाई समाधान गर्न सबै राष्ट्रहरु एकजुट छन् र जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका विभिन्न उपायहरु गर्ने प्रतिवद्धता समेत जनाएका छन्,” मन्त्री यादवले भने, “तर प्रतिबद्धता अनुसार काम हुन सकेको छैन ।”

उनले नेपाल जस्तो पर्वतीय र अति कम विकसित राष्ट्रहरु जलवायू परिवर्तनको प्रतिकूल प्रभावबाट उच्च जोखिममा रहेको बताउँदै यसको समाधानका लागि पर्वतीय राष्ट्रहरु मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, वङ्गलादेश र भुटानबाट सय भन्दाबढी वातावरण विद्, जलवायू परिवर्तन सम्बन्धमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र युवाहरुको सहभागिता रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।