३० वर्षीय आशिष, जो नेपालको कार्पेट बजारमा लिडर बन्न दिन रात गर्छन् परिश्रम


पछिल्लो समय नेपाली कार्पेट बजारमा उदाउँदै गरेको जेन्सा कार्पेटको सोच एक जना २३ वर्षका युवाको हो भन्दा पत्यार नलाग्न सक्छ । काठमाण्डौंमा जन्मिएका आशिष अग्रवाल, अहिले उनी ३० वर्षका भए । उनले २३ वर्षको उमेरमा गरेको परिकल्पनालाई २४ वर्षको उमेरमा नै कार्यान्वायनमा ल्याउने हिम्मत गरे अनि बजारमा आयो जेन्सा कार्पेट ।

पारिवारिक पृष्ठ भूमी व्यापार व्यवसाय नै भएका कारण आशिषलाई नेपालमै केही गर्नु पर्छ भन्ने सोचले हौस्याएको थियो । भैरहवामा जन्मिएर राजधानीलाई केन्द्रमा राख्दै उनका बुवा श्याम सुन्दर अग्रवालले उनको व्यापार गर्ने गरेका थिए । बुवाको काठमाण्डौं बसाईसँगै आमा मन्जु अग्रवालले उनलाई काठमाण्डौंमा जन्म दिइन् ।

बुबा उन तथा पस्मिनाको व्यापारमा अघि बढिरहँदा उनलाई उनकी आमाले हुर्काउने बढाउने काम गरिन् । आशिष आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, “हाउस वाइफको भूमिका आमाले निर्वाह नगरिदिनु भएको भए सायदै आज म यो अवस्थामा हुने थिइन होला । बाबाले पनि आमाको पुर्ण सहयोगमा नै आफुलाई अघि बढाउनु भएको थियो ।”

औपचारिक शिक्षा सुरु हुँदै गर्दा मुलुकमा राजनितिक अस्थिरताका साथै द्धन्द चर्किएको थियो । १० वषर््ेा जनयुद्ध उत्कर्षमा पुग्नै लागेका बेला उनको शिक्षा आर्जन गर्ने समय भईसकेको थियो । सायद उनका बुबा श्याम सुन्दरले द्धन्दकालमा असहज महसुस गरे, अनि छारा आशिषलाई अध्ययनका लागि भारतको बैंगलोर पठाए । पारिवारिक सल्लाह अनुसार नै उनले आफ्नो उच्च शिक्षासम्मको अध्ययन बैंगलोरमा नै बसेर पुरा गरे ।

यता उनका बुबाले पनि छोराको अध्ययन पुरा नहुञ्जेल आफ्नो व्यवसायलाई निरन्तरता दिइरहे ।

“बैंकलोरमा पढाई सके पछि म नेपाल नफर्किएको भए पनि आफ्नो जीवन सहजै अघि बढाउन सक्ने थिएँ,” आशिष सम्झन्छन्, “जन्मथलोमा नै फर्केर केही गर्ने सोचले हुटहुटी हुन्थ्यो, बाबाले पनि स्वदेशमा नै फर्किएर केही गर्न प्रेरित गरिरहनु भयो ।”

अध्ययन पुरा गर्ने बित्तिकै उनी स्वदेशमै केही गर्ने आफ्नो हुटहुटी, बुबाको प्रोत्साहन र आमाको चाहनाले उनी नेपाल फर्किए । बुबाको व्यवसाय आफ्नै गतिमा चलिरहे पनि आफैंले केही गर्ने सोच मनमा भए पनि उनलाई के गर्ने भन्ने समस्याले छाडेन । नेपाल आए पछिको ३ वर्षभन्दा बढी समय उनले के गर्ने भन्ने निष्कर्ष निकाल्नका लागि आधा दर्जनभन्दा बढी व्यवसायिक फर्महरुमा जागिरेको रुपमा काम गरे । कुनै पनि संस्थामा काम गर्दा आफुलाई आत्मसन्तुष्टि नमिलेकै कारण ३ वर्षमा ६ भन्दा बढी संस्थामा आबद्ध भएको उनी बताउँछन् ।

त्यसै बेला उनले नेपालमा कार्पेटको बजारमा सम्भावना पहिल्याएका थिए । आयातित कार्पेट मात्र आउने, सामान्य उपभोक्ताले खपत गर्न पटक पटक सोभ्नु पर्ने मूल्य अनि नेपालमा उत्पादकहरुको अभाव उनलाई भयो ।

बुबा सक्रिय व्यवसायबाट बिश्राम लिने योजनामा रहँदै गर्दा उनले कार्पेटको बजारमा उदय हुने लक्ष्य लिएर २४ वर्षको उमेरमा जेन्सा कार्पेट सुरु गरे । आम उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय कार्पेटको सहज उपलब्धता गराउने उनको पहिलो योजना थियो ।

आशी इण्डष्ट्रिज प्रालिबाट जेन्सा ब्राण्डको कार्पेट उत्पादन गर्नका लागि उनले बैंकबाट कर्जा लिए । “भैरहवामा उद्योग स्थापना गर्दा ठुलो रकम चाहने भयो, जुन आफैंले नगदमा लगानी गर्ने अवस्था थिएन । अनि मैले बैंकबाट कर्जा लिएँ,” आशिष भन्छन्, “उद्योग स्थापनामा कर्जा बाहेक बाबाले पनि क्षमताले भ्याएसम्म लगानी जुटाईदिनु भयो ।” बुबाको जन्मस्थानमा नै उदोग स्थापना गर्ने सोचले भैरहवामा उत्पादन प्लाण्ट तयार गरेको उनी बताउँछन् ।

त्यस पछि सुरु भयो जेन्सा कार्पेटको बजार संघर्षको यात्रा । “गुणस्तरमा सम्झौता नगर्ने हो भने बजारमा आफैं स्थान बन्ने रहेछ भन्ने कुरा जेन्सा कार्पेटले नै सिकायो । हामीले गुणस्तरमा कहिल्यै कम्प्रमाइज गरेनौं ।”

स्थापना ६ वर्षमा नै लोकप्रिय ब्राण्डका रुपमा स्थापित हुन सकेको बताउने अग्रवाल उपभोक्ताको चाहना पुरा गरेकै कारण सफलता हात लागेको बताउँछन् । रुपन्देहीको भैरहवामा रहेको कारखानाबाट दैनिक १० हजार वर्ग मिटर जेन्सा ब्राण्डका कार्पेट उत्पादन हुँदै आएको छ । उद्योगले २० हजार वर्गमिटरसम्म कार्पेट उत्पादन गर्न सक्ने भए पनि बजार बिस्तारको क्रममा रहेकाले आफ्नो उत्पादनको मात्रा पनि बिस्तार गर्दै जाने योजना अग्रवालले बनाएका छन् ।

देशव्यापी सञ्जाल बनाएर आक्रामक रुपमा बजारमा ठुलो मात्रामा कार्पेट बिक्री गर्दै औएको जेन्साले गुणस्तर र मूल्यलाई आधार बनाएर अझै बिस्तारित मात्रामा जाने लक्ष्य लिएको छ ।

“अहिले बुबा रिटायर्ड लाइफ बिताउँदै हुनुहुन्छ । आफुलाई व्यवसाय अघि बढाउन निरन्तर मार्गनिर्देशन गरिरहनु भएको छ । फ्रन्टमा म अगाडी भए पनि बुबा अनि आमा र श्रीमतीको साथले जेन्सा ब्राण्ड अघि बढिरहेको छ” आशिष भन्छन् ।

आफ्ना हरेक व्यवसायिक योजना श्रीमती देशु, बुबा अनि आमासँग सल्लाह गरेर बनाउने गरेका अग्रवाल उद्योग सञ्चालनबाट शतप्रतिशत सन्तुष्टि मिलेको बताउँछन् ।

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा जेन्सा कार्पेटको ब्राण्ड स्थापीत गराउन सहभागि भएको बताउने अग्रवाल अवलोकनकर्ताको ब्राण्डप्रतिको चासोले थप उत्साहित बनेका छन् ।

जेन्साले एक्स्पोमा आफ्ना उत्पादनको बारेमा अवलोकनकर्तालाई सुक्ष्म विषयमा जानकारी दिँदै आएको छ । बजारमा नन्हुवन अर्थात नबुनी तयार पारिएका कार्पेट उपलब्ध गराउँदै आएको जेन्साले अल्पकालीन छुट तथा अफरभन्दा दीर्घकालीन रुपमा नै सस्तो मूल्यमा गुणस्तरीय कार्पेट उपलब्ध गराउने लक्ष्य लिएको छ ।

“जनसंख्याको ९० प्रतिशत मानिस न्युन तथा मध्यमस्तरको आर्थिक अवस्थामा चलिरहेका छन् । त्यो वर्ग नै हाम्रो पहिलो प्राथमिकतामा पर्छ, आशिष भन्छन्, “उनीहरुलाई सस्तो मूल्यमा गुणस्तरीय कार्पेट दिलाउने हाम्रो सुरुवाती योजनाका कारण नै आज यो स्थानमा आईपुगेका छौं । आगामी दिनमा पनि यसरी नै अघि बढ्छौं ।” उनका अनुसार १०० देखि १५० वर्गफिट क्षेत्रफलको एउटा कोठाका लागि जेन्सा ब्राण्डका गुणस्तरीय कार्पेट ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँमा हाल्न सकिन्छ । अहिलेको बजारमा यो मूल्य प्रतिष्पर्धी मात्र नभई धेरै सस्तो पर्न आउने अग्रवाल बताउँछन् ।

यसका अलावा प्रिमियम मूल्यका उत्पादन पनि बजारमा ल्याइरहेको जेन्सा कार्पेटको कर्पोरेट कार्यालय राजधानीको दरबारमार्गमा छ ।

जेन्साले कार्पेट उत्पादन पछिका सबै किसिमका गुणस्तर परीक्षण तथा ल्याब टेष्टहरु गरेर उत्पादन बजारमा पठाउने गरेको छ । अग्रवालका अनुसार कार्पेटको औषत आयुमा कति पटक घर्षण हुन्छ भन्ने आधारमा लाखौं पटक घोटेर, तन्काएर कार्पेटको आयुलाई धेरैभन्दा धेरै बढाउने गरिएको छ ।

बजार सम्भाव्यताका आधारमा कार्पेटभन्दा बाहेकका उत्पादन थाल्ने तयारी कम्पनीले गरिरहेको छ । अहिले आएका उत्पादन आम उपभोक्ता लक्षित भईरहेको सन्दर्भमा उच्च आर्थिक अवस्था भएका उपभोक्तालाई लक्षित गर्दै प्रिमियम उत्पादन ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउने अग्रवाल क्रमिक रुमा आफ्नो व्यवसायको आकार बढाउँदै जाने योजनामा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।