म्याट्रेसमा आत्मनिर्भर बनाउन योगदान पुर्‍याएको एउटा ब्राण्ड ‘आरओके’, देशव्यापी बिक्री सञ्जाल


फर्निचर तथा फर्निसिङको बजारमा मुलुकलाई आत्मनिर्भर बनाउँने बहस चल्दै गर्दा म्याट्रेसका उत्पादनमा मुलुक आत्मनिर्भर भईसकेको भन्ने गरिन्छ ।

केही समय अघिसम्म निर्यातको आकार पनि राम्रो अवस्थामा रहेको स्वदेशी म्याट्रेस अहिले भने आन्तरिक बजारमा सिमित छ । यद्यपी यसको माग दिनहुँ बढिरहेको अवस्थामा आयात नगरी स्वदेशी उत्पादनले नै बजार धान्नुमा स्वदेशी उत्पादकहरुको ठुलो भूमिका छ ।

यसमा एउटा ब्राण्डको हिस्साले धेरै फरक पार्न सक्छ । त्यही भीडमा आफुलाई स्थापीत गराउँदै लगेको स्वदेशी ब्राण्डको नाम हो ‘आरओके म्याट्रेस’ । सन २०१६ मा स्थापना भएको आरओके नेपालको अग्रणी म्याट्रेस उत्पादक उद्योग हो । ठुलो संख्यामा म्याट्रेस उत्पादन गर्ने आधा दर्जन हाराहारी उद्योग मात्र छन् । उक्त सूचीमा आरओके पनि पर्छ । स्वदेशी माग धान्न सक्ने उद्योगको ठुला हिस्सामा आफु पनि पर्दा थप उत्साहित बनेको उद्योगका सञ्चालक तथा प्रबन्ध निर्देशक विष्णुहरी लामिछानेको भनाई छ ।

आरओके प्रोडक्ट इन्डष्ट्रिजले ठुलो पमिाणमा गुणस्तरीय म्याट्रेस उत्पादन गर्दै आएको छ । भारतीय बजारमा पाइने सबै किसिमका म्याट्रेसहरु नेपालमा नै उत्पादन गर्दै आएकाले पनि नेपाली उपभोक्तामा अलग किसिमको छाप बनाउन सकिएको कम्पनीको प्रबन्ध निर्देशक विष्णुहरी लामिछाने बताउँछन् । गुणस्तरीय म्याट्रेस उत्पादन गर्दै उपभोक्ताको मन जित्न सकेका कारण नै आयात प्रतिस्थापनमा आफुहरुले पनि योगदान पुर्याउन सकेको लामिछानेको भनाई छ ।

उद्योगले भारत, चीन, कोरियाबाट आयात गरिएका कच्चा पदार्थबाट अन्तराष्ट्रिय स्तरका म्याट्रेस उत्पादन गर्ने गरेको छ । म्याट्रेस उत्पादनका लागि आवश्यक पर्ने स्परिङ्ग वायर, रड, केमिकल तथा कपडा समेत भारतबाट आयात हुने गरेको छ ।

“कच्चा पदार्थ स्वदेशमा नपाउँदा हाम्रो लागत धेरै हुन्छ,” लामिछाने भन्छन्, “स्वदेशमा नै कच्चा पदार्थ पाउने हो भने अहिलेको भन्दा गुणस्तरीय सामान तयार गर्न सकिन्छ । अर्कातिर लागत घट्दा त्यसको फाइदा उपभोक्ताले पाउँछन् ।”

काठमाण्डौंको कागेश्वरी मनोहरामा स्थापना भएको आरओके म्याट्रसको उद्योगले विभिन्न रेञ्जका गरी दैनिक दैनिक तीन सय थान म्याट्रेस उत्पादन गर्दै आएको छ । लामिछानेका अनुसार उद्योगको म्याट्रेस उत्पादन क्षमता दैनिक चार सय थान भएपनि तीन सयको हाराहारीमा उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनलाई जोड दिएकाले क्षमता अनुसार उत्पादन नगरेको लामिछाने बताउँछन् । आरओके प्रोडक्ट इन्डष्ट्रिजका उत्पादनहरु भारत, चीनमा पाइने भन्दा पनि गुणस्तरीय रहेको उनको दाबी छ । भारतबाट कच्चा पदार्थ आउने भए पनि भारतीयहरुले भन्दा गुणस्तरीय सामान उत्पादन गरेर बजारमा पठाउने गरेको लामिछानेको दाबी छ ।

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा पनि आरओकेका म्याट्रेस अवलोकनकर्ताको चासो बनेको छ । बजार बिस्तार तथा ब्राण्ड स्थापना गर्ने लक्ष्यका साथ एक्स्पोमा सहभागिता जनाएको आरओकेले एक्स्पो अवलोकनकर्ताहरुलाई आफ्ना उत्पादनहरु २० देखि ३० प्रतिशत छुटमा उपलब्ध गराइरहेको छ । हामी आफ्ना उत्पादनको गुणस्तर कस्तो छ ? अनि मूल्य तुलनात्मक रुपमा कति पर्छ भन्ने बुझाउनका लागि एक्स्पोमा सहभागिता जनाएको बताउने लामिछानेले छुट बजारीकरणका लागि प्रदान गरिएको बताउँछन् ।

एक्स्पोमा स्टल नं २ र ३ मा राखिएका आरओकेका म्याट्रेसमा आलोकनकर्ताको चासो धेरै देख्दा बजारमा अझै केही गर्न सकिने अवस्था देखिएको लामिछानेको बुझाई छ । विशेषगरी नरिवलको जुट, पि फम, पोकेट स्परिङ्, बण्डेड फमका म्याट्रेसहरु उत्पादनको माग राम्रो भएकाले आरओकेले त्यसमा ध्यान केन्द्रित गरेको छ । पछिल्लो पटक नेचुरुल फम म्याट्रेस बजारमा ल्याएको आरओकेले उपभोक्ताको आवश्यकता र माग अनुसार सानोदेखि ठूलो, हरेक आकारका म्याट्रेसहरु उत्पादन गर्ने गरेको छ ।

आरओकेका म्याट्रेस एक हजार रुपैयाँदेखि साढे २ लाख रुपैयाँसम्ममा उपलब्ध हुने लामिछानेको भनाई छ । “सामान्य आयस्तर भएका उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तयार गर्ने गरेका छौं,” लामिछाने भन्छन्, “प्रिमियम शैलीका उत्पादन पनि तयार हुने भएकाले औषतमा बजार उपस्थिती अपेक्षा अनुसार नै हुने गरेको छ ।” उनका अनुसार म्याट्रेसको आकार, मोटोपना र प्रयोग गरिएका सामाग्रीहरुको आधारमा त्यसको मूल्य निर्धारण हुने गर्दछ ।

कच्चापदार्थको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको लामिछानेको अनुभव छ । कच्चा पदार्थ आयतमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आफु मात्र नभई समग्र क्षेत्र प्रताडित बनिरहेको उनी बताउँछन् । स्वेदशमा सामाग्री उत्पादन गर्ने उद्योगहरुलार्ई कच्चापदार्थ आयातमा सुविधा दिनुपर्ने उनको भनाई छ।

आरओकेले उत्पादन गरेका म्याट्रेस काठमाडौ बोहक नेपालका मुख्य मुख्य शहरहरुमा माग अनुसार उपलब्ध हुँदै आएको छ । इटहरी, चितवन, पोखरा लगायतका शहरहरुमा आफ्नै वितरक समेत नियुक्त गरिसकेको उद्योगले अन्य क्षेत्रमा पनि आफ्नो बजार सञ्जाल बिस्तार गर्दै गइरहेको छ । “उत्पादन गरेर मात्र नहुने कुरालाई हामीले ध्यानमा राखेर देशव्यापी रुपमा आफ्ना उत्पादन पुर्याउने योजना अघि सारेका छौं । यसले हामी आम उपभोक्तामा पुग्न सक्छौं भन्ने हाम्रो विश्वास छ।’ लामिछाने भन्छन्

आरओके प्रोडेक्ट इन्डष्ट्रिजले सहायक कम्पनी धर्मा इन्डष्ट्रिजबाट सिरक, तकिया, डसना, नरिवलको जुटका सिटहरु समेत उत्पादन गर्दै आएको छ । यो उद्योगले पनि २५ जनालाई रोजगारी दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।