बैंकहरुको नाफा ४७ प्रतिशतले बढ्यो, सरकारी बैंकको सर्वाधिक वृद्धि

0
Shares

मुलुकमा सञ्चालित २६ वाणिज्य बैंकहरुको नाफा ४६.७९ प्रतिशत अर्थात २ अर्ब ८८ करोड ८ लाख रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड ८० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा २६ बैंकहरुले ६ अर्ब १५ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । अघिल्लो वर्ष नबिलले कमाएको यो नाफा हाल नबिलमा विलिन भएको एनबि बैंक बाहेकको हो । अघिल्लो आवमा एनबि बैंकले १४ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सरकारी स्वामित्वको बैंकहरुको नाफा वृद्धि उच्च छ । नेपाल बैंकको सबैभन्दा धेरै ३६३६ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो महिनामा १ करोड १ लाख नोक्सानीमा रहेको बैंकले नाफामा उत्कृट सुधार गर्दै पौने ३६ करोड नाफा आर्जन गरेको हो । अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक ९४१ प्रतिशतले नाफा बढाउँदा सेञ्चुरी कमर्सियल र हिमालयन बैंकले पनि १३७ प्रतिशतले नाफा वृद्धि गरेका छन् । थप चार बैंकहरुले ५० प्रतिशत बढीले नाफा बढाएका छन् । तथ्याङ्क अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८५ प्रतिशत, बैंक अफ काठमाण्डू ७४, एनसीसी ६८ र सिभिल बैंकले ६५ प्रतिशतले नाफा बढाएको हो ।

इन्भेष्टमेन्ट बैंक ४४ प्रतिशत, एसबिआई ३९, ग्लोबल आइएमई ३९, प्रभु ३७, नबिल ३३, प्राइम ३०, सनराइज २९ र एभरेष्ट बैंकको नाफा २४ प्रतिशतले बढेको छ । साउनमा एनएमबि बैंकले १९, एनआईसी एशिया १६, सिद्धार्थ १५, कुमारी बैंक १४ र माछापुच्छ्रे बैंकले १२ प्रतिशतले नाफा बढाएको छ । लक्ष्मी बैंकको नाफा ९ प्रतिशत, सानिमा ७, कृषि विकास बैंक २ र सिटिजन्स बैंकको नाफा करिब २ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मेगा बैंकको नाफा अघिल्लो आवको तुलनामा करिब २ प्रतिशतले घटेको छ ।

Commercial Bank Profit  in Lakh
S.N. Bank  2079 Shrawan Profit 2078 Shrawan Profit Change %
1 NBL 3575.70 -101.10 3636.80
2 RBB 7521.00 722.28 941.29
3 CCBL 1736.20 730.52 137.67
4 HBL 3118.70 1313.19 137.49
5 SCB 2790.10 1508.72 84.93
6 BOK 1630.60 937.70 73.89
7 NCC 2692.60 1605.11 67.75
8 CBL 1777.40 1078.12 64.86
9 NIBL 4201.10 2913.81 44.18
10 SBI 1951.50 1398.43 39.55
11 GBIME 6733.10 4846.82 38.92
12 PRVU 3761.70 2748.67 36.86
13 NABIL 8136.52 6109.67 33.17
14 PCBL 3954.00 3038.82 30.12
15 SRBL 2435.10 1883.66 29.27
16 EBL 3595.40 2893.69 24.25
17 NMB 3607.60 3019.34 19.48
18 NICA 4763.70 4103.85 16.08
19 SBL 3757.70 3261.39 15.22
20 KBL 2927.80 2572.90 13.79
21 MBL 2542.60 2269.30 12.04
22 LBL 2347.50 2145.77 9.40
23 SANIMA 2860.20 2664.88 7.33
24 ADBL 2682.80 2617.30 2.50
25 CZBIL 2494.10 2448.60 1.86
26 MEGA 2786.20 2840.10 -1.90
Total 90380.92 61571.54 46.79

 

नाफाको पहिलो नम्बरमा नबिल उदाउँदा बिओके पुछारमा

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा धेरैनाफा आर्जन गर्ने बैंकमा नबिल बैंक उदाएको छ । २५ वाणिज्य बैंकलाई पछि पार्दै सो बैंकले साउनमा  ८१ करोड ३६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हाे ।

अघिल्लो आवको यसै अवधिमा बैंकले ६१ करोड ९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३३.१७ प्रतिशतले नाफा बढाएको हो । नेपाल बंगलादेश बैंक प्राप्तीपछि बैंकको नाफामा सुधार आएको हो । अघिल्लो आवमा एनबि बैंकले कमाएको नाफा सहित गत आवको नाफामा तुलनामा बैंकले ५ करोड ८८ लाख रुपैयाँ (७.७९ प्रतिशत) बढी नाफा कमाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले दोस्रो ठूलो ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले साउन महिनामा ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

साउन मसान्तसम्मा एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड १ लाख, प्राइम बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंक ३७ करोड ६१ लाख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख, एनएमबि बैंकले ३६ करोड ७ लाख, एभरेष्ट बैंक ३५ करोड ९५ लाख, नेपाल बैंक ३५ करोड ७५ लाख र हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Commercial Bank Profit  in Lakh
S.N. Bank  2079 Shrawan Profit
1 NABIL                       8,136.52
2 RBB                       7,520.98
3 GBIME                       6,733.08
4 NICA                       4,763.72
5 NIBL                       4,201.07
6 PCBL                       3,953.99
7 PRVU                       3,761.70
8 SBL                       3,757.66
9 NMB                       3,607.57
10 EBL                       3,595.40
11 NBL                       3,575.73
12 HBL                       3,118.72
13 KBL                       2,927.82
14 SANIMA                       2,860.17
15 SCB                       2,790.05
16 MEGA                       2,786.22
17 NCC                       2,692.63
18 ADBL                       2,682.80
19 MBL                       2,542.63
20 CZBIL                       2,494.10
21 SRBL                       2,435.15
22 LBL                       2,347.54
23 SBI                       1,951.51
24 CBL                       1,777.38
25 CCBL                       1,736.21
26 BOK                       1,630.65
Total 90380.92

 

साउनमा बाँकी १४ वाणिज्य बैंकले ३० करोडभन्दा कम नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले २७ करोड ९० लाख, मेगा बैंकले २७ करोड ८६ लाख, एनसीसी बैंकले २६ करोड ९२ लाख, कृषि विकास बैंकले २६ करोड ८२ लाख, माछापुच्छ्र बैंकले २५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी सिटिजन्स बैंक बैंकले २४ करोड ९४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, नेपाल एसबिआई बैंकले १९ करोड ५१ लाख, सिभिल बैंकले १७ करोड ७७ लाख र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । साउनमा सबैभन्दा थोरै नाफा गर्नेमा बैंक अफ काठमाण्डू रहेको छ । सो बैंकले एक महिना अवधिमा १६ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।