युनिफाइड पेमेन्ट इन्टरफेस नेपालको सदस्य बैंक बन्न गेट वे पेमेन्ट सर्भिस र सनराइज बैंकबीच सम्झौता

0
Shares

सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा‚ युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।

सनराइज बैंकको केन्द्रीय कार्यालय गैह्रीधारामा आयोजित एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका हुन् । २१ औं शताब्दीमा विश्वभरि डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोबार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धीहरूको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ ।

सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भने यस सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआइ मार्फत सनराइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउँदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडि बढी रहेको यस बैंकले २५ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क (पीओएस तथा क्यूआर) १५९ एटिएम‚ १३९ शाखा‚ १३ वटा एक्सटेन्सन काउण्टर ९५ वटा शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भदौ २०७९, मंगलबार  १७ : २७ बजे