असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

0
Shares

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।  अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।