सेञ्चुरी बैंक र एनपिआई नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटलबीच सम्झौता

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यान बाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्काज्यूू र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका संचालक बिष्णु कुँवरज्यूूले हस्ताक्षर गर्नुभयो ।

साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्काज्यूू र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेज्यूूले हस्ताक्षर गर्नुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।