बालबालिकालाई व्यवहारिक बनाउन नबिलको ‘जेन अल्फा स्किम’, कति उपयोगी ?


पछिल्लो समय विद्युतीय उपकरणमा अभ्यस्त भईरहेका बालबालिकालाई व्यवहारिक बनाउनका लागि भन्दै नबिल बैंकले ‘नबिल जेन अल्फा स्कीम’ सार्वजनिक गरेको छ ।

राजधानीमा एक कार्यक्रमकाबीच बैंकले नेपाल नै पहिलो पटक अभिभावक र बालबालिकाका बीचमा व्यवहारिक सम्बन्ध स्थापित गर्दै बचात सिकाउने गरी एपमा आधारित स्कीम सार्वजनिक गरेको हो ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर यस्तो स्कीम एपका रुपमा ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नविल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढङ्गानाको उपस्थितीमा सार्वजनिक गरिएको कस्मको एपले बालबालिकालाई ग्याजेट्स चलाउँदा अनावश्यक सामग्री हेर्नबाट निरुत्साहित गर्दै व्यवहारिक काममा लगाउन अभिप्रेरित गर्ने अपेक्षा बैंकको छ ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बाल्यकालदेखि नै वित्तीय चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ स्कीम ल्याइएको बताए । आफुले २० वर्षको उमेरमा पहिलो पटक बैंक खाता खालेको स्मरण गराउँदै उनले अहिले हरेक बालबालिकाले अधिकांश समय ग्याजेट्समा बिताउने र बैंकिङ पहुँच पनि सहज भएको अवस्थामा ग्याजेट्सको प्रयोगलाई व्यवहारिक बनाउन स्कीम उचित माध्यम बन्ने आशा व्यक्त गरे ।

नबिल जेन अल्फा बचत खाताबाट बालवालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भुमिका निभाउने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । उनका अनुसार एपमा बालबालिकालाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धि जानकारीमुलक सामग्रीहरु एपमा थप गरिनेछ ।

१८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नबिल जेन अल्फामा अभिभावकहरूले एप मार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको बैंकका डेपुटी सिइओ सुजित शाक्यले बताए ।

कोरोना महामारीयता ग्याजेट्स चलाउने बालबालिकाको संख्या धेरै बढेको र त्यस्तो प्रयोग गलत अर्थमा नहोस् भन्नका लागि एपमा आधारित स्कीम ल्याइएको बताए ।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकालाई सानै उमेरदेखि बचतको महत्वका साथै व्यवहारिक कृयाकलापमा अघि बढाउन स्कीमले महत्वपुर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

बैंकका अनुसार योजना अन्र्तगत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा टास्क पुरा गरी प्राप्त भएको अंकका आधारमा बालवालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमवाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिने जनाएको छ ।

स्कीममा सहभागी हुन चाहने अभिभावकले आफ्नो र बालबालिकाको बैंक खाता अनलाइनबाट खोली भिडियो केवाइसीबाट सुचारु गराउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।