नेपाल लाइफ इन्स्योरेन्सले बोनस वितरण नगर्ने


नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस पटक इन्स्योरेन्सले बोनस सेयर वितरण नगर्ने भएको हो ।

इन्स्योरेन्सले ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैंयाको १५.७८९५ प्रतिशतले हुने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिको स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि लाभांश सेयरधनीको खातामा जम्मा हुनेछ ।

 

 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट नेपाल लाइफले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र र प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।