दशैँमा नयाँ मोटरसाइकल किन्दा कुन ब्राण्डमा कस्तो अफर ?


चाडपर्वको मौसम सुरु हुँदै गर्दा दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकलका बितरणकहरुले विभिन्न किसिमका अफर अघि सारेका छन् । औसत समयमाभन्दा चाडपर्वका बेला दुई पाङ्ग्रे सवारी साधनको व्यापार बढी हुने गरेको छ ।

यही अवसरलाई आफुले सदुपयोग गर्नका लागि मोटरसाइकलका बिक्रेताहरुले ग्राहकलाई आफुतिर तान्न अफरहरु सार्वजनिक गरेका हुन् । अधिकांश बितरकहरुले दशैँ, तिहार र छठलाई लक्षित गर्दै छुट, थप उपहार, सेवा लगायतका अफरहरु सुरु गरेका हुन् ।

कोभिड माहामारीपछि सुस्ताएको दुईपांग्रे सावारी साधन व्यापारलाई चाडपर्व लक्षित अफरले चहलपहल गराउनेमा व्यावसायीहरु आशावादी छन् । दशैं तिहारमा सबैले केही न केही खरिद गर्ने योजना बनाएका हुन्छन् । कतिपय ग्राहकले चाँडपर्वमा नै आकर्षक छुट तथा अरु अफरमा मोटरसाइकल तथा स्कुटर किन्ने योजना बनाएका हुन्छन् ।

अहिले सरकारले १५० सीसीमाथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण स्टकमा रहेका १५० सीसीभन्दा बढीका मोटरसाइकल र सोभन्दा कम सीसीका मोटरसाइकल बिक्री गर्नका लागि बितरकहरु प्रतिष्पर्धामा उत्रिएका हुन् ।

बजाज र टीभीएसले भने नेपालमा नै मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । जसका कारण अरुको तुलनामा यी दुई ब्राण्डका मोटरसाइकल बितरकहरु बढी सुरक्षित अवस्थामा छन् ।

आयात प्रतिबन्धका कारण २०७९ को दशैँ तिहारमा अधिकांश १५० सीसीभन्दा कमका मोटरसाइकलको बजार तात्ने देखिन्छ । बितरकहरुले ग्राहकलाई आफुतिर तान्नका लागि मोटरसाइकल तथा स्कुटर खरिदमा ५० लाख रुपैयाँसम्म बम्पर अफर ल्याएका छन् । कम्पनीहरुले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १ प्रतिशत ब्याज, २५ हजारसम्म छुट लगायतका अफर सञ्चालन गरिरहेका छन् ।

कुन मोटरसाइकलमा के छ अफर ?

यामाहा

दशैं नजिकिँदै गर्दा नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अफर सञ्चालन गरिरहेको छ । यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरु मध्येबाट दैनिक ३ जना भाग्यमानीले ५० इन्चको हाईसेन्स स्मार्ट टिभी पाउनेछन् भने हरेक सवारीसाधनको खरिदमा ६ हजार नगद छुट पाउने व्यवस्था छ ।

होण्डा
होण्डाको पालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ग्राहकहरुका लागि ‘होण्डाको दशैँको शुभलाभ’ नामक अफर सञ्चालन गरिरहेको छ । योजनाअन्तर्गत ग्राहकहरूले स्क्राच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउनसक्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार जित्न सकिने स्याकार ट्रेडिङले जनाएको छ ।

बजाज

नेपालमा बढी बिक्री हुने मोटरसाइकल मध्येको बजाजले पनि दशैको अवसर पारेर अफरहरु सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता एचएच बजाजले ‘अब आधाको आधा नै काफी छ’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहारको अवसरमा बजाज बाइक आधाको आधा मूल्यमै चढ्न सकिने योजना ल्याएको जनाएको छ । बजाजले २५ प्रतिशत, ३५ प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने भएको छ । त्यस्तै हरेक मोटरसाइकलको खरिदमा ७ हजार रुपैयाँ नगद छुट र ५ वर्षको वारेन्टी दिइने एचएच बजाजले जनाएको छ ।

सुजुकी

सुजुकीले पनि दशैँ तिहारको अवसरमा अफर सार्वजनिक गर्दै ग्राह तान्ने जमर्को गरेको छ । सुजुकीले ‘दशैँको राशि धनराशि’ अफर ल्याएको छ । सुजुकीको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजारसम्म अनिवार्य नगद छुट, १ वर्षसम्म निशुल्क सडक दस्तुर, पुरानो मोटरसाइकल ल्याई नयाँ खरिद गर्न सक्ने र फाइनान्सको सुविधा ग्राहले पाउने छन् । सुजुकीले प्रिमियम स्कुटरको रुपमा एभिनिस हालै सार्वजनिक गरेको छ ।

टीभीएस

दशैँ तिहारको अवसर पारेर टीभीएसले पनि पाँच पटकसम्म उपहार उापन सक्ने अफर ल्याएको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ । जसमा ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।
अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर किननु पहिले नै वेबसाइटमा गएर अनलाइनबाट विबरण उपलब्ध गराउँदा एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका दिनेछ । योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई ‘रियलमी सी ३० स्मार्ट फोन’ प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहारमा ५० लाख नगद पुरस्कार उपलब्ध गराउनेछ ।
योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सय रुपैयाँको मासिक ईएमआईमा मोटरसाइकल तथा स्कुटर किन्न सकिनेछ ।

हिरो

दशै तिहारमा हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मोटर्सले आहा दशैँ अफर ल्याएको छ । चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग अफरमा हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा अनिवार्य रुपमा ७ हजार ५०० छुट र स्क्राच कार्ड मार्फत १ लाखसम्म छुट पाउने अफर सुरु गरेको हो । बम्पर उपहारमा एक जनालाई १ लाख रुपैयाँ उपलब्ध गराइने कम्पनीले जनाएको छ । शून्य प्रतिशत डाउनपेमेन्टमा हिरोको मोटरसाइकल वा स्कुटर उपलब्ध गराएको कम्पनीले ५ मिनेटमा एक्सचेन्ज ग्यारेन्टीको साथमा पाउने जनाएको छ ।

बेनेली

दशैँ तिहारको अवसर पारेर बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिब प्रा.लि.ले दशैँ फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गर्न सकिने कम्पनीले जनाएको छ । यसरी क्यूआर स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ‘वाक इन डिस्काउन्ट’ अफर प्राप्त हुनेछ । जसमा स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

लेभ्निङ

वज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले ‘सफर दशैँ तिहारमा डबल अफर’ भन्ने स्किम सञ्चालनमा ल्याएको छ । यो स्किममा सहभागी हुन ईभीनेपाल स्पेस ११११ टाइप गरी ३५००१ मा एसएमएस पठाउँदा १ लाखसम्म छुट पाउन सकिनेछ । शोरुममा गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर थप छुट पाउन सकिने छ । यसमा दुई पटक एसएमएसमार्फत डबल छुट पाउन सकिने कम्पनीले जनाएको छ । ७ हजारदेखि ५ लाखसम्म छुट रकम पाइएको म्यासेज कम्पनीले ग्राहकलाई पठाउनेछ भने स्कुटर किन्दा कम्पनीले उक्त छुट दिनेछ । साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने र कुनै पनि पेट्रोल बाइकसँग सजिलै साट्न समेत सकिने कम्पनीको भनाइ छ ।

टारो

दशैँ तिहारको अवसार पारेर ओम मोटोकर्प प्रालिमार्फत नेपालमा बिक्रीवितरण हुँदै आएको इटालियन ब्राण्ड टारोले पनि दशैँ तिहार अफर सार्वजनिक गरेको छ । टारोले अफर अन्तर्गत मोटरसाइकलहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ छुट उपलब्ध गराउनेछ । कम्पनीले बम्पर अफरमा गोलाप्रथाद्वारा १ जनालाई ५ वर्षको कर छुट गरिदिनेछ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत फोटो खिची लाइक र सेयर गर्दा हात खाली नहुने उपहार समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

मोटरहेड

दशैँ तिहारलाई लक्षित गर्दै मोटरहेडबाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ । जसमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ पाउनेछन् । मोटरहेड ब्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई स्क्राच कार्डमार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने, स्टकमा रहेको टेकन २५० मोडलको मोटरसाइकल खरिद गर्दा अनिवार्य रुपमा २५ हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।

जावा

यस वर्षको दशैँ र तिहारको अवसरमा जावा मोटरसाइकलले पनि अफर ल्याएको छ । जावा नेपालले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने अफर ल्याएको हो । हरेक जावा मोटरसाइकलको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ । कम्पनीले सजिलै साटफेर गर्न सकिने र सर्वाधिक मूल्यांकन गर्ने सुविधा पनि अफरमा समावेश गरेको छ । नेपालमा जावा मोटरसाइकल अग्नि मोटोइन्क प्रा.लि. ले बिक्री बितरण गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।