नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो डाइनामिक क्यूआर पेमेन्ट सिस्टम


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवासँगको सहकार्यमा डाइनामिक क्यू आर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ ।

इन्स्योरेन्सको काठमाडौँ शाखामा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको सुरुवात गरेका हुन् ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यू आर पेमेन्ट सिस्टमबाट आफ्नो तथा परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका हुन् । यो सेवा सुचारु भएसँगै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्यू आर पेमेन्ट सिस्टम सञ्चालन गर्ने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।

अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यू आरको माध्यमबाट भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राखिने बताएका छन् ।

डाइनामिक क्यू आर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।