इभी एक्स्पोमा हुण्डाईले कुन् कुन् सवारी साधन डिस्प्ले गर्दैछ ? विशेषता सहितको भिडियो


नेपाली अटो बजारमा अधिक प्रयोगमा आउने सवारी साधनमध्येको एक हो हुण्डाई ब्राण्ड । कोरीयन मोटर उत्पादक कम्पनी हुण्डाईका सवारी साधन नेपाली बजारमा लक्ष्मी हुण्डाईले बिक्री बितरण गर्दै आएको छ । लक्ष्मी हुण्डाईले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा ठुलो बजार हिस्सा ओगटेको छ भने विद्युतीय सवारी साधनमा पनि ठुलो हिस्सा ओगटेको छ ।

भदौ ६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले आयोजना गर्ने इ–भि एक्सपोमा हुण्डाईले दुई भेरियन्टका विद्युतीय कारहरु सोकेस गर्दैछ । हुण्डाई कोना र आयनिक ५ भेरियण्टका द्यिुतीय सवारी साधन एक्स्पो अवलोकनकर्ताको रोजाईमा पर्ने विश्वास हुण्डाईले लिएको छ ।

किफायती मूल्यमा प्रतिष्पर्धी फिचर – हुण्डाई कोना

हुण्डाईले नेपाली बजारमा ठुलो संख्यामा बिक्री गर्दै आएको र सवारी प्रयोगकर्ताको रुचाई परेको मोडल हो कोना । जीएल र जीएलएस् गरी दुई भेरियन्टमा उपलब्ध हुने कोना एसयुभी सेगमेण्टका कार हुन् ।

जीएलएस भेरियण्टको फ्रन्ट सीटमा विद्युतबाट एड्जस्ट गर्न मिल्ने प्याडल सिफ्ट छ भने वायरलेस चार्जिङको समेत सुविधा रहेको प्रयोगकर्ताले पाउने छन् । यसैगरी आयामदायी हिटेड र भेन्टीलेटेड फ्रन्ट सीट, ड्राइभिङ इन्डिकेटर सहितको रियर एलइडी ल्यान्म्प कोना जीएलएसका थप फिचर हुन् । यी फिचरहरु कोनाको जीएलमा उपलब्ध छैन ।

३९.२ किलोवाट आवरको व्याट्री जडान गरिएको दुवै मोडलमा १०० किलोवाटको मोटर जडान गरिएको छ । ३९.२ किलोवाट आवरको व्याट्री एक पटक चार्ज गरिसकेपछि ३०५ किमि क्षेत्र कभर गर्न सक्छ । कोनाका दुवै मोडलका कारहरुमा ६ वटा एयरव्याग उपलब्ध छन् भने मनोरञ्जनका लागि ८ इन्चको फोलोटिङ इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ ।

कोना जीएलको नेपाली बजार मूल्य ६० लाख ५६ हजार रहेको छ भने जीएलएस्को मूल्य ६२ लाख ९६ हजार छ । दशैं तथा इभी एक्स्पोमा उल्लेखित दुवै मोडलका सवारी साधन खरिद गर्नेले कम्तीमा २० हजारदेखि १ लाख ५० हजार रुपैयाँ छुट पाउने छन् ।

लक्ष्मी हुण्डाईले आफ्नो देशव्यापी बिक्री सञ्जालबाट सेतो, साइबर ग्रे, ग्याल्टिक ग्रे, रातो, नीलो र डार्क नाइट जस्ता रङहरुमा कोनाका जीइल र जीएलएस मोडलका विद्युतीय सवारी साधन बिक्री बितरण गर्दै आएको छ ।

मूल्य अनुसार प्रिमियम फिचर – हुण्डाई आयोनिक ५

हुण्डाईले भिजन प्रुफ आयोनिक ५ नेपाली बजारमा ल्याएसँगै यसको माग बढ्दै गएको छ । सुरुमा सोलार प्रुफ पनि भित्र्याएको हुण्डाले अहिले भिजन प्रुप मात्र उपलब्ध गराईरहेको छ ।
आयोनिक ५ लाई बजारमा पाइने कारहरु भन्दा युनिक बनाउने विशेषता कारको बाहिरी आवरणमा देखिने प्यारामिटर पिक्सेल डिजाइन हो । यसैगरी लाइटहरुमा पनि पिक्सेल डिजाइन गरिएको छ, बजारमा उपलब्ध अरु कारहरुमा यो डिजाइन उपलब्ध हुँदैन ।

आयोनिक ५ लाई विशेष बनाउने अर्को विशेषता भीटुएल अर्थात् भेइकल टु लोड डिभाइस हो । जसबाट आयोनिक ५बाट अरु विद्युतीय उपकरणका साथै विद्युतीय सवारी साधन समेत चार्ज गर्न सकिन्छ । जस्तै कुनै किसिमको कार्यक्रममा विद्युत उपलब्ध हुन नसकेको खण्डमा आयोनिक ५ को भीटूएल फिचरको सहयोगमा कुनै पनि किसिमको विद्युतीय उपकरण चलाउन सकिन्छ ।

आयोनिक ५ मा राखिएको फ्रन्क यसको अर्को विशेषता हो । टेस्लाका कारहरुमा मात्र उपलब्ध हुने प्रन्कलाई हुण्डाईले आयोनिक ५ मा समेटेको हो ।

५८.९ किलोवाट आवरको ब्याट्री र १२५ किलोवाटको मोटर जडान भएको आयोनिक ५ ले ३७५ देखि ४०० किमि रेन्ज कभर गर्छ । एसी चार्जर प्रमोट गरिहेको हुण्डाइको आयोनिक ५ मोडलमा अल्ट्रा फास्ट चार्जिङ सुविधा सहित ३५० किलोवाटको चार्जरको चार्जर जडान गरिएको छ । उक्त चार्जरले केवल १८ मिनेटमा नै १० प्रतिशत चार्जलाई ८० प्रतिशत बनाउन सक्छ ।

नेपाली बजारमा आयोनिक ५ को मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । दशैं तथा इभी एक्स्पोमा यो कार खरिद गर्नेहरुले २० हजार रुपैयाँदेखि डेढ लाखसम्म छुट पाउने छन् । विद्युतीय सवारी साधनको बढ्दो मागसँगै माग अनुसार कार उपलब्ध गराउन असहज भईहरहेको अवस्थामा पनि हुण्डाईले छुटमा कार उपलब्ध गराउन लागेको हो ।

हुण्डाई दक्षिण कोरियाली अटोमोबाइल कम्पनी भएका कारण आयनिक ५ र कोनाका जीएल र जीएसएल मोडलहरु कोरियाबाट नै आयात गरी नेपाल ल्याउने गरिएको छ । उच्च गुणस्तरीय मेटिरियल प्रयोग गरिएका यी विद्युतीय कारहरु इलेक्ट्रोनिक ग्लोबल मोडुलेटर प्लेटफर्ममा आधारित रहेका छन् भने इन्टेरियरमा प्रयोग भएको सामग्री वातावरण मैत्री छन् ।

सर्भिसिङमा सहजताका कारण नै विद्युतीय कार प्रयोगकर्ताका लागि उचित साधन बन्दै गइरहेको छ । इन्जिन कारको सभिर्सिङ गराउँदा जति खर्च हुने गर्छ त्यसको तुलनामा इभी कारको सभिर्सिङ खर्च न्युन हुने गर्दछ । इभीको सर्भिसिङमा ब्याट्री प्याड, कुल्यान्टको अवस्था जाँच गरी आवश्यकता अनुसार कुल्यान्ट रिफिल गर्ने, ब्याट्री प्याड मात्रै परिवर्तन गर्ने हुँदा सस्तो पर्न जान्छ ।

इञ्जिन कारमा १ किमि ड्राइभ गर्दा करिभ १४, १५ रुपैयाँ खर्च हुन्छ भने विद्युतीयमा बढीमा २ रुपैयाँ ५० पैसा मात्र खर्च हुने भएकाले पनि नयाँ सवारी किन्ने योजना बनाएकाहरुलाई विद्युतीय सवारी साधन उपयुक्त हुन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।