निशानले ६५ लाख पर्ने इभी कार ‘लिफ’ शोरुमबाटै २० प्रतिशत डाउन पेमेण्टमा उपलब्ध गराउने


विद्युतीय सवारी साधनको माग बढ्दै गइरहेका बेला जापानी मोटर उत्पादक निशानले लिफ नामक विद्युतीय सवारी सहज फाइनान्सिङमा उपलब्ध गराइरहेको छ ।

इञ्जिन सवारीको आयात हुन नसकिरहेका बेला निशानले २० प्रतिशत डाउन पेमेण्टमा ८० प्रतिशत फाइनान्सिङमा लिफ उपलब्ध गराउने छ ।

निशानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पका सिनियर सेल्स म्यानेजर राज कुमार ढकालका अनुसार ‘वान अफ द इभि’ लिफ भित्र निशान पर्ने भएका कारण ग्राहकको रोजाईमा पर्ने गरेको छ ।

बजारमा अन्य मोटर उत्पादकले विद्युतीय सवारी नल्याउँदै निशानले सन् २०१० मा लिफको व्यवसायिक उत्पादन गरेको थियो । युरोप र अमेरिकामा सन् २०१० देखि नै अधिक माग गरिएको लिफ नेपालमा भने ३ वर्षको प्रयास पछि गत वर्षदेखि भित्रिएको हो ।

निशान लिफ सन् २०१० मा लन्च भएकाले विद्युतीय गाडीका सम्बन्धमा सबैभन्दा धेरै लामो अनुसन्धान तथा खोजी गर्न सक्नुलाई ढकाल फरक पक्षका रुपमा लिन्छन् । जसका कारण बजारमा नम्बर वान हुन सहज हुने उनको बुझाई छ । “वान अफ द फस्ट निसान जापानीज गाडी मध्यको इभि पहिलो हो,” ढकाल भन्छन् ।

४० किलोवाटको व्याट्री र ११० किलोवाटको मोटर जडित निशान लिफले नेपाली सडकमा एक पटकको चार्जले ३११ किलोमिटर रेञ्ज दिन्छ । जापानमा भने यसले ४०० किलोमिटर रेन्ज दिएको ढकाल बताउँछन् ।

सन् २०१० देखि १२ वर्षको अवधिमा लिफका धेरै फिचरहरु अपग्रेड गरिएका कारण सबै पक्षमा यो कार अब्बल साबित हुनसक्छ । यही कारण निशान लिफको प्रयोग नेपाली प्रयोगकर्ताका लागि उचित हुने ढकालको दाबी छ ।

निशान लिफको नेपाली बजार मूल्य ६४ लाख ९९ हजार छ । यो गाडी निसानसँग थोरै मात्रमा स्टक छ । पूर्ण व्यवसायिक सोचले नभई जापानी गाडी भएकाले ब्रन्डिङको लागि मात्र नेपाली बजारमा ल्याइएको ढकाल बताउँछन् ।

गाडी किन्न चाहनेले आवश्यक कागजात उपलब्ध गराएको खण्डमा सबै प्रकृया शोरुमबाट पूरा गरी ८० प्रतिशत फाइनान्स सुविधामा उपलब्ध गराउने ढकालले बताए ।

के छ निशान लिफमा ? भिडियोमा हेरौं ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।