राजधानीको भृकुटीमण्डपमा बजाजको ग्रान्ड एक्स्चेन्ज फेस्ट, पल्सर एन सिरिज सार्वजनिक


बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट” सुरु गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको एक्स्चेन्ज योजना असोज १० गतेसम्म सञ्चालन हुनेछ ।

यस योजनामा ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा ७ हजार रुपैयाँ थप मुल्य दिने बजाजले जनाएको छ ।

सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्ने विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार नै एक्स्चेञ्जस्थलमा पल्सर एन सिरिज पनि सार्वजनिक गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।