सनराइज बैंकको १५ औं वार्षिक उत्सवमा साइकल र्‍याली र रक्तदान कार्यक्रम

0
Shares

बैंकिङ्ग क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सनराइज बैंकले स्थापनाको १५ औं वर्ष पूरा गरेको छ ।

बैंकले १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल र्‍याली गरेको छ । “स्वच्छ वातावरण स्वस्थ जीवन” भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गैरिधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमै आएर साइकल र्‍याली समापन भएको थियो । कुल ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो ।

यसैगरी सनराइज बैंकले असोज ९ गते आइतबार रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको सनराइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बंैकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।