तेइस उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही

0
Shares

पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ ।

कार्यालयले विभिन्न २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी कारवाही प्रक्रिया बढाएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी १३ वटा मकवानपुर जिल्लास्थित हेटौँडाका उद्योग तथा व्यावसायिक फर्महरु रहेका छन् । कारवाही प्रक्रियामा बाराको एउटा, पर्साको एउटा, चितवनका चार र रौतहटका चार वटा फर्महरु परेका छन् ।

यसरी अभियोग पत्र दर्ता गरिएका मकवापनपुरको हेटौंडास्थित उद्योग तथा व्यावसायिक फर्महरुमा खजुरिको नेपाल प्रालि, अन्सारी मिट सप, आयुषी नेनरम सप्लायर्स , ॐ नवरत्न ज्वेलर्स, रफिक किराना स्टोर्स, लक्की किराना स्टोर, श्याम गजमेर एण्ड सन्स, समृद्ध सप्लायर्स र स्वयं ट्रेडर्स रहेका छन् ।

यसैगरी बाराको नारायणी प्लाष्टिक प्रालि, पर्साको न्यू मनोकामना ज्वेलर्स, चितवनको कामना पोल्ट्री सप्लायर्स, सुविधा पोल्ट्री प्रालि र वेलहोप एग्रो टेक प्रालि रहेका छन् । त्यस्तै रौतहटका मदनी ट्रेर्डस, अनु ज्वेलर्स, जयसवाल ग्रिल उद्योग र रामेश्वर किराना पसल रहेका छन् ।-रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।