सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको असोज १० गते सोमबार बसेको बैठकले सो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको पनि सूर्या लाइफले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगरेको हो ।

कम्पनीमा वितरणयोग्य मुनाफा रहे पनि उक्त मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ । उक्त वितरणयोग्य मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

कम्पनीले आव २०७६/७७ बाट १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।