एनएलजीको सीईओमा पन्त दोहाेरिने, बीमा समितिबाट स्वीकृत

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्तलाई दोहोरिने भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिका लागि समितिमा पेश गरेको थियो । बीमा समितिले सञ्चालक समितिको निर्णय आज स्वीकृत गरेको छ ।

विसं २०७५ साल असोज १९ गते सीईओ पदमा नियुक्त भएका पन्तको कार्यकाल यहि असोज १८ गते सकिँदै थियो । नवनियुक्त सीईओ पन्तको दोस्रो कार्यकाल असोज १९ गतेदेखि सुरु हुनेछ ।

एनएलजी इन्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीहरु मध्येमा शीर्ष पाँच कम्पनीभित्रको एक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।