सिभिल सहकारी प्रकरण : इच्छाराज दम्पतीसहित ३ जनालाई थुनामा राख्न विशेष अदालतको आदेश


सिभिल सहकारी प्रकरण बाहिरिएसँगै ठगीको मुद्धामा कारागारमा रहेका सहकारीका अध्यक्ष इच्छाराज तामाङ दम्पती सहित ३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतले सम्पती शुद्धीकरण मुद्दामा तामाङ, उनकी श्रीमती सिर्जना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । अदालतमा हाजिर भएका उनीहरुलाई थुनामा राख्न थुन्छेक आदेश दिएको हो ।

सहकारी प्रकरणमा थुनामा नै रहेका बेला सहकारीका सञ्चालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा गत भदौ तेस्रो साता मुद्धा दर्ता भएको थियो ।

तामाङकी श्रीमतीसँगै दुई छोरीहरु पनि ठगीमा संलग्न भएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति तथा ठगी सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले तामाङ विरुद्द ३ अर्ब ३१ करोड, श्रीमती सिर्जना शाक्य विरुद्द १ अर्ब ३ करोड र छोरीहरु प्रतिक्षा र प्रतिशाविरुद्ध क्रमशः ६ करोड ६६ लाख र १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

यसै प्रकरणमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र मिनाकुमारी श्रेष्ठसहित ४२ जना विरुद्ध पनि मुद्दा दायर भएको थियो ।

सिभिल सहकारीका बचतकर्ताको अर्बौ रुपैयाँ हिनामिना गरेको खुलासा भएसँगै तामाङ अनुसन्धानको घेरामा तानिएका थिए । केन्द्रीय अनुसन्धान विभागले गरेको अनुसन्धानले सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड रुपैयाँ ठगी गरेको देखिएपछि तामाङ गत वर्षको असोज अन्तिम साता पक्राउ परेका थिए । 

१ हजार ५०० भन्दा बढी बचतकर्ताले आफ्नो निक्षेप फिर्ता गरिदिन ताकेता गर्दा तामाङले विभिन्न किसिमका बहाना बनाउँदै झुक्याउने गरेका थिए । यो प्रकृया ३ वर्षभन्दा लामो समयसम्म चलेपछि बचतकर्ताले आफ्नो रकम फसेको खुलासा गर्दै तामाङका बिरुद्ध कानुनी उपचारमा गएका थिए ।

पक्राउ पर्नु अघि बचतकर्ताको घेराबन्दीमा इच्छाराज तामाङ, यसरी दिएका थिए दवाब (भिडियो सहित)

तामाङकी श्रीमति सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले गत साउन ३ गते सोही ठगी प्रकरणमा सामेल भएको भन्दै पक्राउ गरेको थियो । उनका छोरीहरु पनि यो प्रकरणमा मुछिएका थिए । 

तामाङ थुनामा परेसँगै उनको ऋण असुली गर्नका लागि कर्मचारी सञ्चय कोषले काठमाण्डौंको सुनधारामा ६ रोपनी जग्गामा रहेको सिभिल मल लिलामीको प्रकृया अघि बढाएको थियो ।

इच्छाराज तामाङको सीटीसी मल लिलामी हुँदै, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

त्यसैगरी तामाङलाई हिरासतमुक्त गर्नका लागि भएको आर्थिक लेनदेनको डिलको विषयले न्यायप्रणाली माथि नै प्रश्न उठाएको थियो । लेनदेनका सम्बन्धमा बाहिरिएको अडियोका सम्बन्धमा न्याय परिषदको बैठक समेत बसेको थियो ।

इच्छाराजलाई छुटाउन १० करोडको ‘डिल’ बारे न्यायपरिषद्को आकस्मिक बैठक

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको ६० करोडको सम्पत्ति भेटियो

इच्छाराज तामाङलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, जाहेरी दिने बढ्दै

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

‘बैंकमा पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’