नर्भिकका अध्यक्ष सिंहलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

0
Shares

नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।