झुनझुनवालाको अकासा एयरलाइन्स एकै महिनामा भारतीय हवाई क्षेत्रको १% हिस्सा ओगट्न सफल

0
Shares

सेयर बादशाह राकेश झुनझुनवालाको लगानी रहेको अकासा एयरलाइन्सले सञ्चालनको एक महिनामा नै भारतीय हवाई क्षेत्रको एक प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

नागरिक उड्डयन निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतीय हवाई क्षेत्रमा सबै भन्दा धेरै हिस्सा इन्डिगो एयरलाइन्स (५८ प्रतिशत) को रहेको छ । यसैगरी दोस्रो स्थानमा भिस्तारा, तेस्रोमा एयर इन्डिया, चौथोमा गो फस्ट, पाचौँ स्थानमा स्पाइस जेट, छैठौँमा एयर एशिया इन्डिया र सातौमा अकासा एयरलाइन्स रहेको छ ।

सस्तो मूल्यमा उडान सेवा प्रदान गर्ने उद्देश्यले अगस्ट–७ बाट सञ्चालनमा आएको अकासा एयरलाइन्स भारतको मुम्बई, अहेम्दाबाद, बेङ्लुरु, कोची, नयाँ दिल्ली, गुवाहाटी, अगरताला र चेन्नाइमा उडान भर्दै आएको छ ।

अकासा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत बिनय दुबेले अकासाको वित्तीय अवस्था बलियो रहेको र आगामी पाँच वर्षमा उडान स्थल बढाएर ७२ पुर्‍याउने लक्ष्य लिएको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।