नासा सेक्यूरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा, दुई योजना सार्वजनिक

0
Shares

नेपालमै पहिलो पटक नासा सेक्यूरिटिज (ब्रोकर नं ५८) ले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । मार्जिन कारोबारका लागि लामो समयदेखि कुरिरहेका लगानीकर्ताहरुले अब देखि शेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने भएका छन् ।

नासा सेक्यूरिटिजले नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ र मार्गनिर्देशन बमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको जनाएको छ ।

पहिलो योजना अन्तर्गत १० लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध हुनेछ । यसमा सेवा शुल्क र ब्याज सहित जम्मा शुल्क ९ हजार ९९९ रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

दोस्रो योजना १० लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ । यस अन्तर्गत सेवा शुल्क र व्याज सहित जम्मा शुल्क २१ हजार ५८ रूपैयाँ लाग्नेछ ।

यी सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोबार गर्नुपर्नेछ । ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा कम्पनीले यी दुबै योजना स्वीकृत गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।