सूर्या र ज्योति लाइफ १०० बराबर ८२ कित्ता स्वापमा गाभिँदै

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसममा मर्जर हुने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका छन् ।

दुई इन्स्योरेन्स १०० कित्ता बराबर ८२ कित्ताको सेयर स्वाप रेसियोमा गाभिने भएका हुन् । दुबै कम्पनीले एक आपसमा गाभ्ने–गाभिने प्रस्ताव सहित कात्तिक २८ गते सोमबार छुट्टा–छुट्टै स्थानमा साधारण सभा डाकेका छन् ।

सूर्या लाइफले होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगरमा बिहान ९ बजे चौधौँ वार्षिक साधारण सभा तथा ज्योति लाइफले वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । जसमा सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योति लाइफको ८२ कित्ता (१ः०.८२ ४५) सेयर अनुपात कायम हुनेछ ।

मर्जरपश्चात बन्ने एकीकृत जीवन बीमा कम्पनीको नाम सूर्याज्योति लाइफ इन्स्योरेन्स राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । यस्तै कम्पनीको रजिष्टार्ड कार्यालय प्रदेश नम्बर १को विराटनगर महानगरपालिका वडा नम्बर ७, विराटनगर मोरङ्गमा रहने प्रस्ताव पनि अनुमोदन हुनेछ ।

नियामक निकाय बीमा समितिको २०७८ चैत १० गतेको निर्देशन अनुसार अगामी चैतभित्र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गनुपर्ने हुन्छ । सोही अनुसार दुई इस्योरेन्सबीच २०७९ असार १२ गते आइतबार मर्जर सम्झौता सम्पन्न भएको थियो । एक आपसमा गाभिने भएपछि दुबैको असार १३ गते सोमबारदेखि दोस्रो बजार (नेप्से) मा सेयर कारोबार रोक्का रहेको छ ।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड तथा ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।