रिलायबल नेपाल लाइफको आईपीओ निष्कासन प्रस्ताव पारित

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ ।

लिसरा ब्याक्वेट ज्ञानेश्वर, काठमाडौंमा आइतवार सम्पन्न भएको सभाले जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।