बीमा ऐन कातिक २२ गतेदेखि लागू हुँदै, बीमा समिति प्राधिकरणमा परिवर्तन हुने

0
Shares

बीमा ऐन, २०७९ यहि कातिक २२ गतेदेखि लागू हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ऐन गत असोज २३ गते स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ ।

बीमा ऐनको दफा १ को उपदफा ३ मा ‘यो ऐन प्रमाणीकरण भएको मितिले ३१ औं दिनदेखि प्रारम्भ हुनेछ’ भनिएको छ । जसअनुसार बीमा ऐन कातिक २२ गते देखि लागू हुने भएको हो । बीमा ऐन, २०७९ लाई सरकारले यसअघि नै राजपत्रमा प्रकाशित गरिसकेको छ ।

ऐन अनुसार बीमा समितिको नाम कार्तिक २२ गतेपछि बीमा प्राधिकरण बन्नेछ । प्राधिकरणले आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै ठाउँमा बीमा कम्पनीले आफ्नो कार्यालय खोल्न पाउनेछ ।

बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पु¥याउनेदेखि लघुबीमा व्यवसायको प्रवद्र्धन गर्ने व्यवस्था नयाँ ऐनमा समेटिएको छ । प्राधिकरणले सदस्य नियुक्त गर्दा कम्तिमा एक जना महिना हुनुपर्नेछ । विश्व विद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बीमा कम्पनीको सञ्चालक बन्न पाउने भएका छन् । प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रुपमा कार्य गर्नेछ । अध्यक्ष र सदस्यको पदावधि नियुक्त गरेको चार वर्षसम्म रहनेछ ।

बीमा ऐनले प्राधिकरणको कार्यकारी अधिकारको भूमिकामा रहने अध्यक्षको नियुक्त प्रक्रियाबाट नयाँ व्यवस्था गरेको छ । बीमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्षको पदमा नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको अब अध्यक्ष नियुक्त गर्नको लागि सिफारिस समितिले बन्ने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा बन्ने सिफारिस समितिमा अर्थमन्त्रालयका सचिव र सम्बन्धी क्षेत्रको एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति गठन हुने व्यवस्था भएको छ । उक्त सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र जसमध्ये एक जना समितिको अध्यक्ष नियुक्त हुने व्यवस्था ऐनले गरेको छ ।

अध्यक्ष नियुक्तिदेखि सञ्चालक चयनमा पनि सम्बन्धित क्षेत्रमा अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिने गरी नयाँ बीमा ऐन आएको छ । बीमा विधेयकले प्राधिकरणको सञ्चालक समितिमा एक जना महिला सञ्चालक अनिवार्य हुुपर्ने व्यवस्था गरेको छ ।

बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाइ त्यसको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्न बीमितको हक हित संरक्षण गर्न, बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन नयाँ ऐन बनाइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।