धितोपत्र बोर्डका अध्यक्षले बनाउदै गरेको पाँच तारे रिसोर्टको लागत ३६ प्रतिशतले बढ्यो, एक अर्ब ४ करोड ऋण लिदै

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको लगानी रहेको ओमस्टोन एसिया क्यापिटल प्रालीले निमार्ण गर्दै गरेको पाँचतारे रिसोर्टको लागत ३६ प्रतिशतले बढेको छ । कोरोना महामारीको प्रभाव तथा होटल संरचनाको डिजाइनमा परिवर्तन भएका कारण उक्त लागत बढ्ने भएको हो ।

ओमस्टोनले धुलिखेलमा पाँच तारे रिर्सोट निर्माण गरीरहेको छ । उक्त रिर्सोट दुसित थानी ब्राण्डबाट सञ्चालन हुनेछ । दुसित थानी ग्रुप अफ होटल थाइल्याण्डको प्रख्यात हस्पिटालीटी ग्रुप हो । ओमस्टोनले पुर्वाधार निर्माणपछिको १० वर्षको व्यवस्थापन हेर्नेछ । थानीको फ्रन्चाईमा सञ्चालन हुने उक्त रिर्सोटमा ओमस्टोनले थप १० वर्ष व्यवस्थापन लिन सक्छ सम्झौतामा उल्लेख रहेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र भारतीय पाम आयाल व्यवसायी विष्णु मोरको लगानी रहेको ओमस्टोन एउटा स्पेसियल प्रपोज भोइकलको काम गर्ने संस्था हो । यसले धुलिखेलमा बन्ने दुसित थानीको फ्रेन्चाई रिर्सोटको विकास तथा सञ्चालनको काम गर्नेछ ।

उक्त रिर्सोट निर्माण तथा सञचालनका लागि ओमस्टोन एशिया क्यापिटल नेपालले बैंक वित्तीय संस्थाबाट ऋण लिन रेटिङ गराएको छ । बैंक ऋणका लागि रेटिङ गराउदा रेटिङ एजेन्सी इक्राले एक अर्ब ४ करोड रुपैयाँ बरावरको कर्जाका लागि ओमस्टोनलाइ रेट दिएको छ ।

रेटिङ एजेन्सी इक्राले यस अघि होटल निर्माणका लागि ८० करोड बराबरको दीर्घकालीन ऋण बी प्लस रेटिङ दिई पुष्टि गरेको थियो । इक्राले यो पटक १ अर्ब ३ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस रेटिङका साथ पुष्टि गरेको छ । यसैगरी १० करोड बराबरको अल्पकालीन ऋणका लागि इक्राले ए४ रेटिङ गरेको छ ।

सन् २०२१ को जुलाई महिनासम्ममा उक्त रिर्सोटको निर्माण कार्य सम्पन्न गर्ने उद्देश्य लिएको ओमस्टोन एशिया क्यापिटल नेपालले सन् २०२२ को सेप्टेम्बर महिनासम्म कुल परियोजनाको ७० प्रतिशत कार्य सम्पन्न गरेको छ । कोभिड–१९ लगायतका विभिन्न कारणहरुले संरचनात्मक निर्माणमा ढिलाई हुँदा पहिले अनुमान गरिएको निर्माण खर्चभन्दा ३६ प्रतिशतले निर्माण खर्च वृद्धि भएको छ ।

यसैगरी यसअघि परियोजनाको कर्जा र सेयर अनुपात ६३ः३७ रहेको थियो । अहिले उक्त अनुपात ५९ः४१ मा कायम भएको छ । यही अनुपात कायम रहिरहँदा आगामी समयमा यसले कम्पनीको फाइनान्सीयल प्रोफाइल र कर्जा कभरेज सूचांक कमजोर हुन सक्ने आकलन इक्राले गरेको छ ।

यसैगरी निर्माण कार्य सम्पन्न गर्न देखा परेको ढिला सुस्तीले परियोजना लागु हुने वा नहुने भन्नेमा नै प्रश्न उठाएको छ । नेपालमा पाँच तारे होटलहरु निर्माण गर्ने क्रम बढेको र पहिलेको तुलनामा पर्यटकहरुले गर्ने खर्चमा कमी आउनु जस्ता चुनौतीहरु होटलले सामना गर्नुपर्ने छ । पर्यटन प्रवद्र्धनमा नेपाल सरकारले अघि सारेका सकरात्मक कदम र दुषित थानी जस्तो प्रख्यात होटलको ब्रान्ड रिकग्जिनेशन पाउनु यस होटलका बलिया पक्षहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।