व्यवसायमा उदारो भुक्तानी अवधि दोब्बरले बढ्यो, सम्पर्कमै आउन छाडे व्यापारी

0
Shares

ब्याजदर तथा वित्तीय क्षेत्रको तरलता अभावको समस्याले व्यवसायीहरुको उदारो भुक्तानी अवधि दोब्बरले बढेको छ । अर्थतन्त्रमा देखिएको उच्च मागलाई नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कर्जा लगानीलाई खुम्चाउने नीतिले व्यापारी तथा व्यवसायीलाई प्रत्यक्ष असर गरेको हो ।

कोरोना महामारी पछिको उच्च मागका कारण मुल्यवृद्धि बढ्न गयो । त्यसलाइ नियन्त्रण गर्नका लागि विश्वका अधिकासं केन्द्रीय बैंकहरुले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने र खपत घटाउने नीति अबलम्बन गरे । सोही अनुसार नेपाल राष्ट्र बैंकले पनि मागमा कमी ल्याउनका लागि र विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न आयात, कर्जा नियन्त्रण गर्ने तथा ब्याजदर बढाउने नीति लियो।

राष्ट्र बैंकले लिएको कर्जा नियन्त्रण तथा ब्याजदर बढाउने नीतिले उद्यागी व्यवसायीलाई भने झनै जटिल अवस्थामा पुर्याएको छ । उद्योगी तथा व्यापारीले आफ्नो उत्पादन तथा व्यापार व्यसायलाई नै घटाउन पर्ने अवस्था आएको गुनासो गरेका छन ।

व्यवसायीहरुले पछिल्लो समयमा बिक्री गरेको सामानको पैसा नउठ्ने तथा बैंक वित्तीय संस्थाबाट कर्जा नपाउने समस्याले झनै जटिलता सृजना गरेको बताउँदै आएका छन् । त्यसका साथै बैंक वित्तीय संस्थाले कर्जा ब्याज बढाएकाले उत्पादित बस्तुहको बिक्री वितरणमा समेत जोखिम बढेको उनीहरुको गुनासो रहेको छ ।

पछिल्लो समयमा बजारमा तरलता अभाव रहेको बताउदै एक उद्योगीले भने,“उपभोक्ताको क्रयशक्तीमा ह्रास आएको छ । जसले गर्दा खुद्रा व्यापारिसंग पैसा छैन । बैंकले ऋण दिएको छैन । दिएता पनि अत्याधिक महगो ब्याज दर छ । त्यसैले खुद्रा व्यापारिले थोक क्रेताको उदारो तिरेका छैनन भने थोक क्रेताले उद्योगलाई तिर्नपर्ने बाँकी तिरेका छैनन ।” यसै विषयलाइ लिएर व्यवसायीहरुले अध्ययन नै गरेर नेपाल राष्ट्र बैंकलाई नीतिगत व्यवस्थामा परिर्वतन गरिदिन समेत सुझाएका छन ।

व्यवसायीहरुका अनुसार उत्पादनको प्रकृति हेरी सामान्यतयाः ६० देखि ९० दिनसम्म उदारो दिने प्रचलन रहेको छ । तर हाल यो चक्र १२० दिन भन्दा बढि पुगेको उनीहरुको गुनासो रहेको छ । त्यतीमात्र नभई व्यापारीहरु उदारो तिर्नुपर्ने भयले सम्पर्कमा नै नआउने क्रम समेत बढ्दै गएको ती व्यवसायीले बताए ।

उद्योगी व्यवसायीहरुका अनुसार १९ प्रतिशत उद्योगले पहिलेको तुलनामा ७५ प्रतिशतभन्दा बढि रकम बजारबाट उठ्न बाँकी रहेको बताएका छन । त्यस्तो रकम पनि ९० दिनसम्म उठ्ने गरेकोमा अहिले १२० दिन भन्दा धेरै लाग्ने गरेको उनीहरुको भनाइ छ । त्यसैगरी ३३ प्रतिशत उद्योगले २५ प्रतिशतभन्दा धेरैले उदारो बढेको बताएका छन । त्यसोत २९ प्रतिशत उद्योगी तथा व्यापारीले उदारो नबढेको बताएका छन ।

बजारमा देखिएको संकुचनका कारण आफ्नो उत्पादनको मागमा कमि आउदा प्रायःजसो सबै उद्योगहरुले उत्पादन कटौती गरेको समेत व्यवसायीहरुले स्विकार गरेका छन । तर निर्माण सामाग्री उत्पादन गर्ने ठुला उद्योगहरुले मानव श्रोत व्यवस्थापन लगायतका कारणबाट माग नभएता पनि उत्पादन गरिरहनु परेको बताएका छन। गत बर्षको तुलनामा यस आर्थिक बर्षको पहिलो २ महिनामा उद्योगका उत्पादनहरुको बजार तथा मागको दायरा घटेको छ । निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुकोे उत्पादन ५० प्रतिशतभन्दा बढिले बजार माग घटेको उनीहरुको अनुमान छ । सबै प्रकारका उद्योगहरुका उत्पादनको बजार माग २५ देखि ५० प्रतिशतसम्मले घटेको छ ।

व्यवसायीले औद्योगिक क्षेत्रमा परेको प्रभावलाई माग, उत्पादनमा भएको कटौती, बजारबाट बाँकी बक्यौता उठ्न लाग्ने गरेको समय, समग्र उत्पादन लागतमा भएको परिवर्तन र उद्योगको आगामी योजनामा विभाजन गरेर अध्ययन गरेको थिए । त्यसका लागि व्यवसायीले टेक्सटायल तथा गार्मेन्टस, जुत्ता चप्पल, प्रिन्टीङ, प्लाष्टिक तथा प्याकेजिङ मेटेरियल्स, केमिकल तथा स्यानीटरी र हाइजिन, मेटालिक बेस:केबुल, आइरन तथा स्टिल, ननमेटालिक: सिमेन्ट, माटो तथा काष्ठजन्य निर्माण सामाग्री, होटल तथा अन्य सेवामुलक उद्योग र अन्य उत्पादनमुलक उद्योग गरि ९ वर्गमा विभाजन गरेर अध्ययन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।