सिटी एक्सप्रेसको दसैँतिहार योजनामा जीवन रायमाझीले जिते पाँच तोला सुन

0
Shares

साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले सिटी एक्सप्रेसको दसैँ तिहार योजनाको मेगा बम्पर उपहार ‘पाँच तोला सुन’ जितेका छन् ।

‘विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा रायमाझी विजेता बनेका हुन् ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीको महान चाड दसैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना भाग्यशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने रहेको थियो। जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०–१० तोला चाँदी) र २ जनाले मासिक उपहार (१–१ तोला सुन) जित्न सफल भइसकेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।