सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवागा्रहिको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा दोस्रो विस्तारित काउण्टर विस्तार गरेको छ ।

बैंकले कार्तिक २७ गते देखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।

सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदै आएको बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।